कर्णाली प्रदेशको वर्षे अधिवेशन जेठ २४ मा, ३० अर्बको बजेट ल्याउने तयारी

सुर्खेत । कर्णाली प्रदेशसभाको आठौं (वर्षे) अधिवेशन बोलाइएको छ । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले अधिवेशन यहि जेठ २४ का लागि अधिवेशन आह्वान गरेका हुन् । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यहीँ जेष्ठ २४ गते दिउँसो २ बजेदेखि अधिवेशन शुरु हुनेछ ।

हिजो (बिहीबार) बसेको सर्वदलीय बैठकले प्रदेशसभाको वर्षे अधिवेशन अविलम्ब बोलाउन आग्रह गरेको गरेको थियो । भने प्रतिपक्षी दल नेकपा एमालेले भने बजेट अधिवेशन बोलाउन यसअघि नै आग्रह गरिसकेको छ । सरकारले नयाँ आर्थिक वर्षका लागि झण्डै ३० अर्बको बजेट ल्याउने तयारी गरेको छ ।

 
 
  
 

You may also like