नवलपरासीमा ११ वर्षीया बालिका बलात्कृत

नवलपरासी । नवलपरासीमा ११ बर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कारको आरोपमा एक जना वृद्धसहित २ जना प्रक्राउ परेका छन् । प्रक्राउ पर्नेमा नवलपरासीको सुनवल नगरपालिकाका ६० वर्षीया नारायणप्रसाद श्रेष्ठ र ४१ वर्षीया लोकबहादुर खत्री रहेको प्रहरीले जानकारी दिएको छ ।

घरमा कोही नभएको समयमा प्रलोभन देखाएर विगत तीन महिनादेखि उनीहरुले ती बालिकालाई पटक–पटक छुट्टा–छुट्टै बलात्कार गर्दै आईरहेको समेत प्रहरीले जनाएको छ । घटनामा संलग्न एक जना भने फरार रहेका छन् ।

 
 
  
 

You may also like