रसुवा । गुडिरहेको जिपमाथि पहिरो खस्दा तीन जनाको मृत्यु भएको छ । रसुवाको गोसाईकुण्ड गाउँपालिका २ तातोपानी डाँडामा गएको पहिरोले पुरेर तीन जनाको ज्यान गएको हो ।

१० जना यात्रु बोकेर रसुवागढीबाट काठमाण्डौ जान लागेको ना १ ज ७८२४ नम्बरको जीपको पछाडिको भागमा खसेको पहिरोले पुरेपछि तीन जनाको घटनास्थलमा नै ज्यान गएको प्रहरीले बताएको छ । चालकसहित अन्य पाँच जना सामान्य घाइते भएता पनि एक जना गम्भीर घाइते भएका छन् । घटनामा ज्यान गुमाउनेहरुको सनाखत नभएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएकोे छ ।

 
 
  
 

You may also like