काठमाडौंका सडकमा ट्रक, टिपरजस्ता ठूला सवारी प्रवेशमा रोक

११ श्रावण २०७६, शनिबार

काठमाडौँ –राजधानीको ट्राफिक व्यवस्थापनलाई मध्यनजर गर्दै ठूला मालवाहक सवारी साधनका लागि छुटै पार्किङ स्थल बनाईने भएको छ । बढ्दो ट्राफिक जामलाई न्यूनीकरण गर्न राजधानीको चन्द्रागिरीमा रहेको खुला स्थान छनोट गरी ठुला मालवाहक ट्रक, टिपर लगायतका सवारी साधनहरुलाई व्यवस्थित पार्किङ गर्न पार्किङ स्थल बनाईने भएको हो ।

राजधानीमा सहज र सरल यातायात व्यस्थापन गर्न र राजधानीलाई चाप मुक्त बनाउने उदेश्यले छुटै पार्किङ स्थल बनाईने भएको हो । बाटोमा ठूला सवारी साधनले राजधानीको ट्राफिक व्यवस्थापनलाई असहज पुयाई सवारी आगमनमा असर पुग्दै आईरहेको र ठूला मालवाहक सवारी साधनलाई बाटोमानै रोक्नु पर्दा जामको समस्या भएको, ठुला सवारी साधनहरु रोक्न र पार्किङ स्थलका अभाव भएको भन्दै ठुला मालवाहक सवारी साधनका लागि छुटै पार्किङ स्थल बनाउन पनि सरोकारवाला निकायले ध्यानकर्षण गराएका हुन् ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख बसन्त कुमार पन्थले राजधानीको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन र ठूला मालवाहक सवारी साधनलाई बेलुका ८ वजे सम्म होल्ड गर्न चन्द्रागिरीमा रहेको खुला स्थान पहिचान गर्न लागिएको बताए ।

महाशाखाका प्रमुख पन्थले भने, ‘‘राजधानी छिर्ने मुख्य नाकामा ठूला मालवाहाक सवारी साधनहरुले गर्दा ट्राफिक व्यवस्था असहज वनाएको छ, छिट्टै नै चन्द्रागिरी नगरपालिकाको सहकार्यमा ठूला मालवाहक सवारी साधनहरुलाई पार्किङको लागि उचित स्थान छनौट गर्दै छौ र राजधानीमा जाम समस्या यसले केहि भए पनि न्यूनीकरणमा योग्दान पुग्ने छ ।’’सरकारले पनि राजधानी भित्रने मुख्य नाका वरपर मालवाहाक सवारी साधन पार्किङ गर्न उचित स्थान छनोट गरि ट्राफिक व्यवस्थापनका साथै दिर्घकालिन जाम समस्या समाधान गर्न पहल गर्नु पर्ने आवश्यकता रहेको सरोकारवालाहरुले जोड दिएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया