सुदूरपश्चिम संसदीय दलका नेता शाहलाई ओलीले सोधे स्पष्टीकरण

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहलाई स्पष्टीकरण सोधेका छन् । उनले ४८ घण्टाभित्र स्पष्टीकरण दिन भन्दै पत्र पठाएका छन् ।

स्पष्टीकरण सोधिएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । एमालेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर, त्यहाँको संसदीय दलको बैठकले केन्द्रको निर्णयलाई चुनौती दिँदै सरकारको समर्थनलाई निरन्तरता दिने निर्णय गरेको थियो । साथै, पुनगर्ठित मन्त्रिपरिषदमा एमालेका सांसद मन्त्री पनि बनेका छन् । शाह भने मन्त्रिपरिषदमा दोहोरिएका छन् ।

ओलीले पार्टीको केन्द्रीय सदस्य समेत रहेका उनलाई पार्टीबाट किन नहटाउने ? भन्दै जवाफ मागेका छन् । शाह खनाल–नेपाल समूहका नेता हुन् । सुदूरपश्चिममा खनाल–नेपाल समूहको बहुमत रहेको बताइन्छ ।

 

 
 
  
 

You may also like