बुटवलका मुख्य क्षेत्रमा सिसिटिभी क्यामेरा जडान, चोरी र आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग

by समतल अनलाइन

बुटवल। बुटवलका मुख्य बजार क्षेत्र तथा जनसङ्ख्या बाक्लो क्षेत्रलाई सुरक्षित बनाउन सिसिटिभी क्यामेरा जडान गरिएको छ। चोरी, आपराधिक गतिविधि तथा अन्य अवाञ्छित कार्यलाई नियन्त्रण गर्ने उद्देश्यले वडा नम्बर ४, ५, ६, ७ र बसपार्क क्षेत्रलाई समेट्दै क्यामेरा जडान गरिएको हो।

आयोजित एक कार्यक्रमका बीच उक्त सिसिटिभी क्यामेराको उद्घाटन गरिएको छ। कार्यक्रममा नगरप्रमुख, सुरक्षा निकायका प्रतिनिधिहरू, स्थानीयवासी र अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख खेलराज पाण्डेले यस कदमले बुटवललाई सुरक्षित नगर बनाउने दिशामा महत्वपूर्ण टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले क्यामेराको प्रभावकारी व्यवस्थापन र निगरानीका लागि जनताको समेत सहयोगको आवश्यकता रहेको बताउनुभयो ।

सुरक्षा व्यवस्था मजबुत बनाउन गरिएको यस पहलले चोरी, दुर्घटना र अन्य आपराधिक गतिविधिमा कमी आउने अपेक्षा गरिएको छ। साथै, निगरानी प्रणालीको प्रभावकारिताका लागि सम्बन्धित क्षेत्रका सुरक्षा निकाय र स्थानीय प्रशासनले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

 
 
  
 

You may also like