‘द भ्वाइस अफ नेपाल ३’ को प्रशारण आजबाट सुरू

काठमाडौं।दुई सातासम्म रोकिएको रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’ को प्रशारण आजबाट सुरू हुने भएको छ। शोका निर्देशक लक्ष्मण पौडेलका अनुसार आज शुक्रबारबाट निर्धारित समयमानै नक आउटका नयाँ शृङ्खलाहरू प्रशारण हुन लागेको हो।

‘आजबाट हामी नक आउटका नयाँ शृङ्खलाहरु लिएर आउँदैछौं। महागुरू कोच दीपको स्वस्थमा क्रमिक सुधार आइ रहेको हुँदा यो साता र अर्को साता शुक्रबार मात्र नकआउटको नयाँ शृङ्खला प्रसारण हुनेछ। त्यसपछि शुक्रबार र शनिबारको नियमित प्रसारणमा आउने छौं’, उनले भने।

२ साताअघि कोरोना संक्रमणको जोखिम बढेको भन्दै शोका नयाँ भागहरु छायांकन गर्न नसकेकाले प्रशारण रोकिएको जानकारी यसको टिमले गराएको थियो ।

यो शोका ३ जना कोच र केही प्रतिस्पर्धीहरुलाई कोरोना संक्रमण भएपछि शो नै प्रभावित भएको थियो ।

कोचमध्ये राजु लामाबाहेक अरू सबैलाई कोरोना संक्रमण पुष्टी भएको थियो । जसमध्ये, प्रमोद र तृष्णा कोरोनामुक्त भइसकेका छन् । दीप श्रेष्ठको भने अस्पतालमा उपचार भैरहेको छ ।

 

यो शो हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट हिमालय टीभीबाट प्रशारण हुँदै आएको छ।

 
 
  
 

You may also like