तिनाउ दोहनमा प्रयोग भएका टिपर र ट्याक्टर नियन्त्रणमा

रुपन्देही। रुपन्देही प्रहरीले गैरकानुनी रुपमा नदीजन्य उत्खननमाथि कारबाही बढाएको छ। यसक्रममा बिहीबार प्रहरीले १४ वटा टिपर र पाँच वटा ट्याक्टर नियन्त्रणमा लिएको छ।

बुटवल उपमहानगरपालिका-१७ पथ्थरगञ्जस्थित तिनाउ नदी र तिलोत्तमा नगरपालिका-३ मगरघाटस्थित तिनाव नदीबाट टिपर र ट्याक्टर नियन्त्रणमा लिइएको हो।

रुपन्देहीका प्रहरी उपरीक्षक डा मनोज केसीका अनुसार इलाका प्रहरी कार्यालय बुटवल, रन्यौरा, ओमसतिया, वडा प्रहरी कार्यालय बुटवल र प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरी टोलीले गैरकानुनी रुपमा नदीजन्य सामग्री उत्खननमा संलग्न टिपर र ट्याक्टर नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका टिपरमा लु २ ख २६७०, लु२ख २६०८, बाग्मती प्रदेश ०२-०३-००१ ख ३३४८, ना२ख १९३४, लु२ख १९३४, लु२क २०८७, प्र०२-०३-०११ख ३३६७, ना८ख ८२७२, ना६ख २२७०, बागमती प्र०३-००१ख ०१८२, लु२ख ५२२८, लु२ख २११६, लु२ख ५२२९ र ना२ख १२९८ छन्।

यसैगरी, लु२त ५७३६, लु३त ५६६, लु३त ११५४, लु४त ३४२० र लु४त ७२२३ नम्बरको ट्याक्टर छन्। नियन्त्रणमा लिइएका टिपर र ट्याक्टरलाई आवश्यक कारबाहीको लागि जिल्ला समन्वय समितिमा पठाइएको छ।

रुपन्देही प्रहरीले एक सातायता नदीजन्य उत्खननमा निगरानी बढाएको छ। यसक्रममा ठूलो परिमाणमा टिपर, ट्याक्टर र एक्साभेटर नियन्त्रणमा लिइएका छन्।

कोराना महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञामा पनि नदीजन्य दोहनमा हेभी इक्युपमेन्टसहित टिपर र ट्याक्टर सक्रिय रहेको पाइएपछि कारबाही बढाइएको केसीले बताए।

‘निषेधाज्ञाको बेला पनि मापदण्डविपरीत गैरकानुनी रुपमा नदीजन्य सामग्री उत्खनन् गर्ने कार्यमा संलग्न रहेको पाइएपछि हामीले कारबाही बढाएका हौं,’ केसीले भने, ‘यो क्रम जारी छ।’

नदीजन्य दोहनमा संलग्नलाई सम्बन्धित स्थानीय निकाय वा समन्वय समितिले जरिवाना तिराएर छोड्ने गरेको छ।setopati

 
 
  
 

You may also like