–पूर्वी अफगानिस्तानको गजनी प्रान्तमा गराइएको कार बम आक्रमणमा कम्तीमा ३ प्रहरी अधिकारी मारिएका छन् ।गजनी प्रान्तको प्रहरी कार्यालय अगाडी गराइएको कार बम आक्रमणमा अरु १२ जना घाइते भएका छन् । घाइते हुनेमा अधिकांश प्रहरी रहेको जनाइएको छ ।घटनाका बारेमा थप विवरण आउन बाँकी नै रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आक्रमणमा अफगानिस्तामा सक्रिय इस्लामिक लाडाकु समूह तालिबानको हात रहेको हुनसक्ने अफगान अधिकारीले जनाएका छन् ।पछिल्लो समय तालिबानले अफगानिस्तानमा सैनिक आक्रमण तथा बम विष्फोटलाई तीब्र बनाएका छन् । केही दिन अघिमात्र राजधानी काबुलमा गराइएको बम आक्रमणमा दर्जन बढीको ज्यान गएको थियो ।

 
 
  
 

You may also like