- हरिकृष्ण जोशी (वैकंर)
लामो समय देखी धन,ज्ञान र विश्वास एकै ठाउमा बस्दै आएका रहेछन एक दिन उनीहरु छुट्टीनु पर्ने अवस्था आएछ र तीनीहरु वीच कुरा भएछ अव कहा भेट हुन्छ त हाम्रो धन ले भनेछ म जो धनि छ उ संग मिल्छ्रु र त्यही भेट हुन्छु अनि ज्ञानले भनेछ म धर्म सवा ,विद्यालय वा ज्ञानी ब्यक्ती संग मिल्छु र म पनि त्यही भेट हुन्छु भनेछ अनि विश्वास रुन लागेछ धन र ज्ञान दुबैल आश्चर्य मान्दै सोधेछन कीन रोएको तिमि अनि विश्वास ले भनेछ म जब एक पटक छोडेर हिडछु नी म कहील्यै फर्कीएर आउन्न भनेछ ।
हो हामी कसैलाई विश्वास गर्दा जती आनन्द आउछ गुमाउदा त्यसको कयौ गुना पीडा हुन्छ । साच्चै भन्ने हो जिवन जिउने आधार हो विश्वास । विश्वास प्राप्त गर्न जती कठिन छ गुमाउन त्यतीनै सहज छ । एक दिन घरमै बसीरहेको थीए पुग नपुग ७० बर्षकी बजै(मैले वोलाउदा प्रयोग गर्ने शब्द) आउनुभयो एक छिन को भलाकुसारी पछि बजैले भन्नुभयो हेर कान्छा अब त यीनीहरुले दिएको (छोरा छोरीलाई) देखाउदै पानी पनी फुकेर खानुपर्दछ नत्र के मीसाएर दिन्छन थाहै हुदैन त्यो भनेर बजै त्याहा वाट हिडेपछि मन अमिलो पार्दे कीन भनीनहोला यस्तो भनेर एक चोटी समाजतिर फर्केर मनमनै सोच्न थाले ।
केही बर्ष पहिला सम्म मानीसहरु वरीपरीका मीलेर एक ठाउमा बसेर गफ गर्ने,भावनाहरु साटासाट गर्ने गर्थे अहिले ती परिपाटीहरु लोप हुदै गएका छन र भईहालेछन भने पनि एक अर्काको कुरा काटेर समय विताई रहेका छन, आफनै वरिपरि बस्ने मानीसहरु पनि कोषौ टाढा भएको जस्ता महशुस भईरहेको छ, पहिला पहिला मानीसहरु यो जन्ममा कसैलाई पाप गरो भने पुर्नजन्ममा पनि भोग्नु पर्छ भन्थे अहिलेकाहरु यती त अहीले गरीहालौ भोली देखा जाला भनेर आजको भोलीलाई पनि विश्वास गर्न छाडीसकेका छन् । केही वर्ष पहिले सम्म हाम्रो समाजमा एउटा विश्वास थीयो अरुको सीत्तैमा खानहुदैन खायो भने पाप लाग्छ भन्थे र खादैनथे पनि अहिले त अरुको पाए अलकत्रा पनि खान्छ भन्न थालीसके । पहिला पहिला एउटै घरमा २५,३० जना मिलेर बस्थे अहिले त्यस्तो रहेन,पहिला पहिला कसैको घरमा केही घटना घटयो भने गाउँका सबै जम्मा हुन्थे र दु.ख मा साथ दिन्थे अहिले ठिक्क परो खुच्यु भन्न थालीसके त्यतीमात्रै कहाँ हो र अहिलेका समबन्धहरु लामो समय सम्म टिक्न छोडीसकेका छन । माया प्रेम होस या विवाह,साथीसङ्गी होस या अभिभावक सन्तान यी सबै सम्बन्धमा अविश्वासहरु पैदा भई एक आपसमा मनमुटाव बढिरहेका छन् ।
मानीसहरु आफुले आफुलाई मात्रै जान्ने र सुन्ने ठान्ने अनि अरुलाई केही पनि थाहा छैन भन्ने सोच विकसीतका कारण घर समाजमा विश्वासमा कमी आउन थालेको छ । एकले अर्काको कुरा सुन्न छाडेका छन । आजको घरसमाज लाई ब्यक्ती परक र भौतीकवादले जित्दै गएको छ । खाली आफनै वारेमा मलाई कसरी राम्रो हुन्छ भन्ने स्वार्थले अभिप्रेरीत हुदै गएका छन बढदो प्रविधि र भडकीलो जिवलशैली,सफलतालाई ज्यामीतीय र गणीतीयसित मात्र दाज्दा,हाम्रो भन्ने ठाउमा मेरो ले स्थान लीनु र खुशी भएर कमाएको सम्पती भन्दा पनि खुशी हुनका लागी कमाउने सम्पती भन्ने सोचले अड्डा गाडेको समाजमा हुर्कीएका कारणले यस्तो हुन गएको हो ।
जव मानीसमा बिश्वासको कमी हुन्छ तव न आफनो प्रगती हुन्छ न समाजमा सकारात्मक प्रभाव पर्छ । बिश्वास आफैले आफैमाथी गर्नै विश्सास होस या एकले अर्काप्रती गर्ने विश्वास होस जुन दुबै सार्थक जिबनको लागी अपरहिार्य छ । आज हामीलाई कसैलाई केही सल्लाह दीयौ भने भने हामी त्यसलाई शंकाको रुपमा लिन्छौ त्यसले किन यस्तो सल्लाह दीयो यसमा त्यसको के फाईदा छ भनेर उल्टै सल्लाह दिने माथी शंकाले हेर्दछौ । शंका गर्ने ठुलो जमातमा हुर्केका हामी सजिलै अरुको कुरा पताउदैनौ र सल्लाह दिने माथीनै शंका गरिदिन्छौ एक अर्का प्रति विश्सासको खडेरी खडा गरीदीन्छौ र पुन अर्को पटक एकले अर्कालाई विश्वास गर्ने वातावरण गुमाई सकेका हुन्छौ ।
वास्तवमा विश्वास सम्पुर्ण आशा,उत्साह र उमङ्ग पनि होे । खाली शंका मात्र गर्नेहरु सधै चिन्तित र पिडा दायी जिवन विताउछन । विश्वास प्रति अनावश्यक शंकाले मनभित्रको छटपटी घटाउने भन्दा नि बढाउदै लैजान्छ । तसर्थ आउनुहोस खाली शंका र अहंकार पालेर जिवन विताउनु भन्दा पनि अहंकारलाई ॐकार मा परिणत गरौ, अनावश्यक शंकालाई विश्वासमा परिणत गरौ र मानीस मानीस सीतको डरको होईन एक अर्काको भरको रुपमा वाच्ने वातावरण सुजना गरौ साना तिना कुरा गरेर नअल्झौ सबै एक जुट भएर होष्टैमा हैसे गर्दे समाजलाई सकारात्मक रुपान्तरणको वाटोमा लगौ ।