समाज परिवर्तनमा युवाको भुमिका

भरतजंग क्षेत्री
समाजसेवी समाजको बेतलवी कर्मचारी हो, समाजद्वारा पाउने मायॉ र प्रेरणा नै उसको सबैथोक हो । राम्रो काम गरे मान र नराम्रो गरे अपमानको तिखो धारमा समाजसेवीको जीवन बाचेको हुन्छ ।

मान र अपमानको दोसॉधमा दौड़ने जीवन पक्कै पनि सहज छैन ।तर पनी समाजिक कामको एक किसिमको लत बसिसके पछी छुट्न गार्हो हुदोरहेछ । हुन त धर्मशास्त्रले समाजसेवालाई पवित्रकाम र उत्तम जीवन भनेको छ र त्यसैलाई आत्मसाथ गर्दै यहि समाजमा विभिन्न सामाजिक सस्थाहरुमा आबद्ध रहेर समपिर्त भएको छु ।

वास्तविकता यो हो कि समाज सेवामा कुनै पनि स्वार्थ लुकेको हुदैन र यसरी अहोरात्र म खटिनु भनेकै आत्मसन्तुष्टि मिल्छ अरुको सेवामा समपिर्त भैरहदा थुप्रै लाई प्रेणा दिन पनि सकिन्छ त्यसैले आजका दिनसम्म पनि थुप्रै युवाहरू सामाजिक सस्थामा आबद्ध भएर काम गरिरहेका छन । समाजमा युवाबर्गको आकर्षण एवं उपस्थितिमुलक कार्यहरु गर्ने र नकारात्मक कार्यहरू मा लागिरहेका युवाहरूलाई सकारात्मक सल्लाह सुझाब दिएर असल कर्ममा ब्यस्त गराउनु मेरो मुख्य उदेश्य हो ।

सामुहिक चैतन्य को प्रयोग्बाट मात्र समाज परिबर्तन गर्न सकिन्छ। एक्लैले त आफ्नो परिवार पनि चेतन्शिल बनाउन गार्हो छ तसर्थ हामी सबै सामाजिक बनौ। मेरो सपना जस्को खुट्टामा चप्पल छैन उसैको काम गर्नु छ । मेरो एक्लै सोचले भन्दा कुनै समूह बाट सुरु हुने चिन्तनले समाज र देशमा नै आमूल परिबर्तन ल्याउन सकिने सपना मैले देखेको छु तसर्थ पनि हामी सबैको हातेमालो हुन जरुरी छ ।

मेरो सपना को समाज यस्तो होस् जहाँ हरेक नेपालिले अर्को नेपालिको पीडा बुझोस दु:ख पर्दा एक अर्कामा मदत गरेर मानवता झल्कियोस ,समाजमा कोहि पनि गरिबीको कारण शिक्षा बाट बन्चित हुन नपरोस् साथ सहयोग भन्ने कुरा आदानप्रदान रहिरहोस। सुन्दर र सभ्य समाज निर्माण गर्नका निम्ति सबै सकारात्मक ढङ्गबाट प्रस्तुत हुनु पर्ने छ त्यहि स्वरुप विभिन्न किसिमका रचनात्मक अभियान हरु गरेर बालबालिका देखि बृद्ध बुबाआमा लाई फलदायी हुने कार्यक्रम हरु आज धेरै आवश्यकता छन र महत्त्वपूर्ण छन।

मेरो सपनाको समाज छेपारोको रंग जस्तो एक चुट्किमा परिबर्तन हुने कुरा होइन यसको लागि दीर्घकालीन योजना बुनेर थुप्रै संघर्ष गरेर सबैको सहकार्य मा मात्रै सम्बभ छ त्यसैले एउटा सुन्दर समाज निर्माण गर्ने अभियानमा सम्पुर्ण युवा साथिहरु लाई जोडिन पनि म आग्रह गर्दछु । मेरो सपना म एक्लै ले पूरा गर्न सक्दैन । म जस्ता थुप्रै युवाहरू अझ जागरुक हुन जरुरी छ न्याय र समानतामा आधारित समाज निर्माण गर्न युवा आफ्नो ऐतिहासिक कर्तव्य र भुमिका निर्वाह गर्न कहिल्यै चुक्नु हुदैन ।

हामी सधै परिबर्तन खोज्छौ तर आफू परिबर्तन हुन सकेनौ यो नै प्रमुख समस्या भयो पहिले म बदलिन्छु अनि मेरो समाज बद्ल्छु भन्ने कुरा आत्मसात सबैले गर्न सके मेरो सपनाको समाज को गन्तव्य अझ नजिक हुन्थ्यो ।
समाज परिबर्तन र समाज विकास नगरिकन सुखी समाज र कल्याणकारी राज्यको स्थापना गर्न तथा समृद्धि हासिल गर्न पनि सकिदैन भन्ने मलाइ लाग्छ।
सच्चा मानिस भएर बाच्नुको अर्थ अरुलाइ पिडा वा दु:ख दिनु होइन,जसले ब्याक्ती,परिबार र समाजका साथै समग्र रास्ट्रलाई नै नकारात्मक तर्फ जैजान्छ।

मरेपछि को स्वर्ग र नर्कको परिकल्पना गर्नु भन्दा यो धर्तीमा रहुन्जेल सबै युवाले आफ्नो जीवन लाई सुन्दर बनाउने यात्रामा हिड्न सके देशको मुहार सुन्दर देखिन्छ त्यसैले मेरो अहिलेसम्मको अनुभव ले भन्छ ब्यक्ति जस्तो भयो,घर परिबार,समाज र रास्ट्र नि त्यस्तै हुन्छ।
तसर्थ यो संसारमा रहुन्जेल यस्तो कर्म गरौ कि हाम्रो भौतिक शरीर नहुदा पनि हाम्रा छरछिमेक, आफन्त, समाज र पेशालाइ नै हाम्रो बारे अनुभतीको महसुस होस् । समाजमा बस्ने सबै मिलौ अरुलाइ सकारात्मक सोचौ आफुनि सकारात्मक बनौ जिन्दगी को सफलता नै यहि हो ।

समग्रमा हामी एउटा दीर्घकालीन समाज परिबर्तन को महाअभियान मा जुटौ सबै मिलौ मैले मात्रै हैन तपाइँ हामी सबैले देखेको सपना को समाज अबस्य निर्माण हुने छ ।

 
 
  
 

You may also like