पछिल्लो २४ घन्टामा भारतमा ७६८ जनाको मृत्यु , संक्रमित संख्या ४८ हजार

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ७६८ जनाको मृत्यु भएको छ ।योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ३४ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ३४ हजार १९३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४८ हजार ५१२ जना संक्रमित पुष्टि भएको छ ।योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १४ लाख नाघेको छ । भारतमा कुल संक्रमित १५ लाख ३१ हजार ६६९ पुगेको छ ।

यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा रहेको छ ।त्यस्तै भारतमा अहिलेसम्म ९ लाख ८८ हजार २९ जना ठिक भएका छन् भने ५ लाख ९ हजार ४४७ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल एक करोड ७७ लाख ४३ हजार ७४० नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ४ लाख ८ हजार ८८५ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

 
 
  
 

You may also like