” स्थानिय सरकार समुन्द्रको जहाज हो ” !

निराजन खरेल  
२०७९ लागे सँगै नेपाल निर्वाचनको वर्षमा प्रवेश गरेको छ ।राजनितिक दल चुनाव केन्द्रित कार्यक्रम गरिरेहका छन् भने अधिकांश ठाऊँ मा उम्मेदवार टुँगो लागीसकेको छ ।बैशाख ३० गते स्थानिय निर्वाचन हुदै छ ।

अमेरिकन अर्थशास्त्री पौल कूरुगुले भनेका छन् ,’’अन्तिमा चुनाब को उदेश्य केबल चुनाब जित्नु मात्र हुदैन;चुनाब को
उदेश्य समाज बदल्नु हुन्छ ‘’

उनको यो भनाई निर्वाचन को तयारी गरिरहका राजनिति दल;कार्यकर्ता र आम नागरिक का निम्ति निकै महत्वपूर्ण छ ।

२०७२ को साल संविधानले अधिकार सम्पन्न सहित शक्तीशाली स्थानिय सरकार को परिकल्पना गरेको छ ।स्थानिय सरकार प्रत्यक्ष जनता सगं जोडिने भएकाले यसको महत्व र सरोकार अन्य निर्वाचान भन्दा बढी देखिन्छ ।नागरिकले सजिलै मेयर वा वाड अध्यक्ष सगं आफ्नो गुनासो राख्न पाउने , र स्थानियतह नीतिगत तह भन्दापनि विकाशको तहमा काम गर्ने भएकाले स्थानिय तहमा को उम्मेदवार को बन्छ र कस्ता अवधारणा हरु आउन्छन् भन्ने चासो पनि बढी छ ।,

स्थानिय निर्वाचनमा को उम्मेदवार भन्छ भन्ने कुराले पनि उत्तिकै महत्व राख्छ,मेयर पदमा बढ्दो आक्रर्षणले पनि यसको महत्व पनि बुज्न सकिन्छ ।मेयर हुन इिच्छा राख्ने सबैले यस पद को अस्तितव कायम राखी ,प्रत्येक नागरिकलाई विकाश,र भरोसाको अनुभुती दिलाउन सक्ने हुनु पर्छ ,।

स्थानिय तहमा उम्मेदवारको योजना बुझेर विवेक पुर्ण मत हाल्नु पर्छ ।स्थानिय सरकार सानो तालको डुङ्गा होईन समुन्द्रको जहाज हो । स्थानीय सरकाले विकाश र समृद्धि को अवधारणा लाई सङकीण मनस्थितिले होइन वाइड एङ्गल बाट हेर्न पर्छ। माइ्क्रोसोप बाट होइन टेलिस्कोप बाट हेर्नू पर्छ।स्थानिय सरकार समुन्नत नेपालको आधार हो ,स्थानिय जन -प्रतिनीधी आशा भरोसा र भविस्यका प्रतिक हुन ।

१) स्रोत साधनको प्रयोग
मेयरले नगर भित्र का स्रोत साधनको समुचित प्रयोग गर्नु पर्छ ,नगर भित्रका स्रोत साधनलाई वस्तुगत रुपले बुजेको ,र यसको प्रयोग गर्ने सक्नेले नै मेयरको आकांक्क्षा राख्नु पर्छ !
मेयर आफैमा निकै महत्वपुर्ण पद भएकाले ,र कार्य क्षेत्र पनि आफ्नै पालिकामा मात्र हुनेभएकाले यसका चुनौति र सम्भावना दुवै छन्!
नगर भित्रका स्रोत साधनको प्रयोग गर्दा युवा शक्ति सगंको सहकार्य र राम्रा दिमागको सहि व्वस्थापन गर्नु कुनै पनि मेयरका निम्ती चुनौति भन्न सक्छ ।
वास्तमा मुलुकै समस्या भनिरेहेको , प्रतिभा पलायन (BRAIN DRAIN ) , भ्रष्टाचार (corruption)जस्तो गंभीर समस्या को समाधान को विषेश पहल स्थानिय निकाय बाटै हुनु पर्दछ ।
नगरका स्रोत साधनको प्रयोग गर्दा युवालाई
स्वरोजगार सहित उधेमि बनाउन विषेश पहल गर्नु पर्छ ।नगरका युवालाई नगर भित्रै राख्न सक्ने स्पस्ट कार्ययोजना सहित मैदानमा आउनु पर्छ

१’नगरको विकाश नगर कै स्रोत ‘

जस्ता मौलिक अभियान सन्चांलन गरी समुन्त नगर निर्माण गर्ने योजना हुनु पर्दछ। अन्तरराष्ट्रिय स्तरमा भएका राम्रा र नविन कामहरुको सिको गरेर पनि नगरमा नयां रुपले काम गर्ने सकिन्छ ।सबै क्षेत्र र राजनिति दल को प्रतिनिधित्व गराएर नगर स्तरिय युवा संजाल गठन गरी नगरको विकाशमा युवालाई जोड्नु पर्छ ।त्यहीं नगरमा घर भई रोजगारी र अध्य्यन गर्ने बाहिर भएका युवाहरुको तथ्याड़क राखी आवस्यक छलफल गर्नु पर्छ ,र तिनलाई पनि नगर को विकाश सगं जोड्न विषेश पहल गर्नु पर्छ ।

२) गुणस्तरिय शिक्षा र स्वास्थ सेवा

कुनै पनि देशको आर्थिक ,सामाजिक क्षेत्रको विकाश र अवस्था मुलुकको दक्ष जनशक्ती र शिक्षित वर्ग सगं जोडिको हुन्छ ।आज विकाशित मानिने मुलुकहरु शैक्षिक रुपले बलिया छन्।उनिहरुले शैक्षिक क्षेत्रमा गरेको लगानीकै कारण आज विकशित भएका छन।
स्थानिय तह मा सबै उमेर समुहका निम्ती पुस्तकलाय को विकाश गर्नु पर्छ ,पुस्तकलाय हाम्रो समाज र शिक्षा प्रणालीको
मेरुदण्ड हो ।तसर्थ यसको समुचित प्रयोग गर्ने र गराउन स्थानिय निकाय जिम्मेवार हुनु पर्छ ।१९५४ मा peoples action party खेलेका lee kaun yew १९५९ मै बहुमत सहित प्रधानमन्त्री भनेर उनले शिक्षा क्षेत्रमा उल्खीनय लगानी गरे र आजको विकशित Singapore त्यहिंका दक्षजनशक्तीले बनाए।शिक्षामा लगानीले मात्रै हाम्रो समुन्नत नेपाल बनाउने सपना साकार हुन सक्छ।

३६ वर्षिय सन्ना मेरिनले हांकेको फिनल्याण्ड को शैक्षिक स्तर निकै उत्कृष्ट भएकैले विश्वजगत को आकर्षण भनेको छ।
आजको आवस्यकता मह्ःगो शिक्षा होईन गुणस्तरिय शिक्षा हो।
त्यसैले कुनै पनि मेयरले आफ्नो नगरलाई EDUCATIONAL City (शैक्षिक सहर) गराउन विषेश योजना सहित आउनुपर्छ ।मेयर स्वमं उत्कृष्ट युवा र विधार्थी सगं समयसमयमा बसेर अन्तरकिर्या गरिराख्नु पर्छ । कुनै नेताले एक्लै काम गर्न सक्दैन ।उसलाई बौद्धिक इसेन्स भएको टिम र सहयोगी आवस्यक पर्छ।

नगर भित्रका टप विधार्थीलाई विषेश सुविधा दिएर लगानी गर्नु पर्छ ,वास्तमा ति हाम्राो समाजका सम्पति हुन ।प्रत्येक शुक्रवार
अतिरिक्त क्रियाकालपको आयोजना गरी हरेकक्षेत्र सगं विद्यार्थी लाई जड्नु पर्छ |नगरले अनिवार्य रुपमै Every Friday EXTRA CURRICULAR ACTIVITIES जस्तो अवधारणा ल्याएर नगर को शिक्षा क्षेत्रलाई गुणस्तरिय बनाउनु पर्छ ।

शिक्षा सगंसगै स्वास्थ कृषी लगाएत सार्वजनिक महत्वका विषयमा पनि स्थानिय सरकार जिम्मेवार हुनु पर्छ । सबै वर्गको स्वास्थमा पहुच गराउन वडामा रहेका स्वास्थ चौकी को व्यबस्थापन गरि नागरिकले सेवा
लिग्न सक्ने वातवरणको सिर्जना गर्नु पर्छ ।
पालिका भित्र रहेका र उचित व्यबस्थापन खोजिरहेका सबै सामुदायक स्वास्थ केन्द्र को स्तरउनन्ती गरेर सम्पुर्ण नगर वासी को पहुच पुग्ने बानाउनु पर्छ ।
स्वास्थ क्षेत्रका विज्ञ सगं जन प्रतिनिधीले सहकार्य गरी आवस्यक अवधाराणा सहित स्वास्थ क्षेत्रको सुधार गर्नु पर्छ।

३) कृषिमा आत्मनिर्भर

आफ्नो पालिकालाई कृषिमा आत्मनिर्भर बनाउन उचित कार्ययोजना सहित ,कृषकका समास्याको सुनुवाई ,उत्पादनमा र बजारिकरणमा सहयोग गर्नु पर्छ ।
कृषकका निम्ती आएका अनुदानलाई कृषक सम्म पुराई ,
नगर भित्र विभिन्न ठाउंमा (सस्तो बजार )को अवधारणा लाई कार्यनवन गरी नगर भित्रै उत्पादन भएका विषादि मुक्त तरकारी को पहुच पुराई ,(स्वास्थ भान्सा )लगाएतका अभियान सचांलन गर्नु पर्छ ।

४ ) स्थानिय कला सस्कृतिंको संरक्षण!

स्थानिय जन प्रतिनीधिले बुज्नु पर्छ ,सहर भित्र संरक्षण विकाशका लागी हुनुपर्छ ,र गाउंमा विकाश संरक्षणका लागी । संरक्षण वा विकाश सकारात्मक विषय भए पनि आंखा चिम्लेर गरिने विषय होईनन्।

स्थानीय सरकार ,स्थानिय कला सस्कृतिं र वातवरण को संरक्षण सहित प्रंवधन गरी पार्यटीयक रुपले पनि आफ्नो पालिकालाई समुन्नत गराउन आवस्यक कदम चाल्नु पर्छ ।
सार्वजनिक वन लगाएत अन्य सार्वजनिक रुपले महत्वह भोकेका क्षेत्रहरुको को संरक्षण समेत गरी हराभरा नगर गराई ,स्वच्छ खानेपानी ,सार्वजनिक पार्क सार्वजनिक शोैचालय , सार्वजनिक यातयात को गुणस्तरिय व्यस्थापन गरी बस्न योग्ग सहर बनाउनु पर्छ (LIVABLE CITY).

५ )अवसरहरुको सहर

मेयरले आफ्नो सहरहरुलाई अवसरहरुको सहर गराउनु पर्छ ,(Cites of opportunity )
जसले कुनै पनि पालीकाहरुको आयमका विषयमा ,समस्या र तिनका सामाधान का उपायहरु दिन्छ ,रोजगारको सिर्जना गर्छ र ,उधमी पनि बनाउन्छ !लगानी मैत्री वातावरण गराएर हरेक क्षेत्रमा लगानी बढाएर ,नागरिक लाई पनि लगानी गर्ने प्ररेणा दिने नागरिक र नगरलाई धनी बनाउने र नागरिकलाई गुणस्तरिय जिवन बाच्न योग्य बानउनु पर्छ ।
हाम्रा समस्या जटिल भन्दा मौलिक छन् ,मौलिक समस्या को सामाधान मौलिक रुपमै खोज्नु आवस्यक छ।
समस्या को समाधान आकाश मा होइन हाम्रै आँखा अगाडि (आफ्नै पालीका) खोज्नु पर्छ।
केवल घोषणा मात्र गरेर नगर समुन्नत हुदैन दिर्गकालीन कार्ययोजना बनाउनु पर्छ

६ )नमुना पालिका

आज मुलुक नै भष्टाचार बाट पिडित छ।राजनीतिक भष्टाचार ,प्रशासनिक भष्टाचार ले सिमा नागेको अवस्थामा स्थानीय तहनै भष्टाचार निर्मुल पार्ने आवस्यक भुमीका खेल्नु पर्छ |
युवा भविष्य का कर्णधार। मात्र नभएर वर्तमान का साझेपनि हुन् तसर्थ समुन्नत
पालिका बनाउन युवा र विधार्थी को क्षमता र अग्रजको अनुभव र सल्लाह को प्रयोग गर्दै समुन्नत नगर बनाउन सबै मेयर नविन अवधारणा सहित सफल हुनैपर्छ ,स्थानिय सरकार अब्बल ,सृजनात्मक हुनु पर्छ सबै नागरिकलाई सकरात्मक उर्जा दिन सफल हनु पर्छ !

बैशाख ३० को निर्वाचनको सम्पुर्णमा शुभकामना !

 
 
  
 

You may also like