“इस्माको पहिचान,अर्गानिक कोदो,समृद्धिको दिगो र भरपर्दो आधार ।”

by समतल अनलाइन

नेपाल कृषि प्रदान देश हो । पछिल्लो तथ्याङ्क अनुसार यहाँको कुल जनसंख्याको करिव ६०.४ प्रतिशत जनसंख्या कृषि पेशामा संग्लन छन् । भुमि संसाधन नक्सा परियोजना (१९७८/७९अनुसार नेपालको कूल भूमिको करिव १८ प्रतिशत भूमि खेतियोग्य छ ।यस वर्ष “खाद्यपोषण सुरक्षा र वातारण तथा ग्रामिण रुपान्तरणको कोदोजन्य बाली” भन्ने नारा सहित सन् २०२३ लाई संयुक्त राष्टसंघले अन्तराष्ट्रिय कोदोजन्य बाली वर्ष मनाउने भएको छ । नेपालले पनि यसलाई विशेष प्राथमिकता दिदैँ देशव्यापी रुपमा कोदोजन्य बाली वर्ष मनाउने भनेर विभिन्न कार्यक्रम अघि सारेको छ।।खाद्य तथा कृषि संगठनको (संन् २०२० को प्रतिवेदन अनुसार)कोदो उत्पादनमा नेपाल विश्वको १३ औं नम्बरमा पर्दछ ।विश्वमा सबैभन्दा बढि कोदो उत्पादन भारतमा हुन्छ ।खाद्य तथा कृषि संगठनको संन् २०२० तथ्यांक अनुसार नेपालमा ३ लाख २० हजार ९५३ मेटिक्क टन कोदो उत्पादन भएको थियो ।कृषि विभाग,बाली विकाश तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले अंग्रेजी वर्ष २०२३ पहिलो दिन विभिन्न कार्यक्रम आयोजना गरि कोदो,फापर,लटटे,जुनेलो जस्ता रैथाने बालीलाई प्रर्वद्धन गर्नुपर्ने कुरामा जोड दिइएको थियो ।अब म गुल्मीको सदरमुकाम तम्घासबाट करिब १०-

३५ कि.मी को औषत दुरीमा उत्तर दक्षिण (८१.८८ वर्ग कि.मी) त्यस्तै कूल जनसंख्या (१८५३० जनगणनाको प्रारम्भिक तथ्याक २०७८ रहेको) कूल क्षेत्रफलमा फैलिएको ईस्मा गाउँपालिकामा कोदो खेतिको सम्भावना र यसको महत्वको बारेमा चर्चा गर्न चाहन्छु । ईस्मा गाउँपालिका भौगौलिक रुपमा पहाडी क्षेत्र हो । जुन समुन्द्र सतहको करिब ६००- १९०० मिटरको उचाइमा अवस्थित समशितोष्ण हावापानी भएको यो क्षेत्रमा प्रशस्त पानी नभएको र सिचाँईको दिर्घकालिन स्थायी स्रोत नभएको भूगोल पनि ठाडो र भिरालो परेको हुँदा विगत देखि कोदो राम्रो सगँ फल्ने गरेको पाइन्छ ।अन्य बाली भन्दा कम लगानीमा उत्पादन हुने,परिवारका सबै सदस्य मिलेर खेति गर्न सकिने हुँदा विपन्न कृषकहरुको लागि यो लागि यो अझ उपयुक्त छ ।खाद्य सुरक्षाको दृष्टिकोणले पनि यो ज्यादै महत्वपूर्ण बाली हो । यो क्षेत्रका मूख्य खाद्य वा अन्नबालिमा धान,मकै,कोदो,गहुँ र फापर हुन । सबैतिरको भूगोल समथर नभएको हुँदा धान,मकै विशेषतःतल्लो बेशि,फाट,टार क्षेत्रमा हुने त्यो क्षेत्रमा सबैको पहुँच नभएकोले कोदो खेति पाखाबारीमा पनि सम्भव हुने हुँदा यो सबै गरिब किसानहरु र जनताको पहुँचमा छ ।

कोदोेबाट के के तत्व पाइन्छ ? किन यो अन्य खाद्य भन्दा महत्वपूर्ण छ ?

कोदोबाट प्रोटिन,आइरन,व्याल्सियम,कार्बोहाइडेड, चिल्लो पदार्थ,थाइमिन तथा रेशादार बस्तु पाइन्छ । कोदोलाइ विभिन्न नामबाट चिनिन्छ । जस्तैःमैथिलीमा मडुवा,नेवारीमा डुसी,अंग्रेजीमा मिलेट भनिने कोदो विशेषतःप्रोटिन र भिटामिनको प्रमूख स्रोत हो ।यसमा चामल र मकैमा भन्दा करिब ३५ गुणा र गहुँ भन्दा ८.७३ गुणा बढि व्याल्सियम पाइन्छ,भने चामल भन्दा २.३गुणा,गहुँ भन्दा १.५ गुणा त्यस्तै मकैमा भन्दा ३.७ गुणा आइरन पाइन्छ ।मासुमा पाइने पौष्टिक तत्व कोदोमा पाइने तर चिल्लो नहुने र पचाउन ग्राहो नहुने हुँदा सामान्य स्वस्थ व्यक्ति मात्र नभइ बालबालिका,गर्भवती,उच्च रक्तचाप र वृद्धसम्मले यसको प्रयोग गर्ने गर्दछन् ।कोदोको रोटी,ढिडो खानाले मधुमेह,उच्च रक्तचापका बिरामीलाई उल्लेख्य फाइदा पुग्ने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भइसकेको छ ।बच्चाबच्ची देखि युवा,वयस्क र वृद्धवृद्धासम्म सबैका लागि कोदोको रोटि र ढिडो सजिल्लै पच्ने भएकोले यो स्वस्थवर्धक पनि छ । विस्व स्वास्थ संगठनले पछिल्लो समयमा सूचना प्रविधि,विश्वव्यापीकरण,भौतिक प्रगतिले मानिसको अस्वस्थकर जीवनशैली,आहारविहार मानसिक समस्या आदिको कारणले संन् २०३० सम्ममा विस्वमा प्रत्येक चार जना व्यक्ति मध्ये एक जना व्यक्तिमा मधुमेह रोग लाग्ने प्रक्षेपण गरेको छ । कोदोबाट विशेषतःकार्बोहाइडेड कम पाइने र यसले मधुमेहको बिरामीलाई फाइदा पुन्ने हुँदा यसलाई भविष्यको स्मार्ट खाना समेत भनेर अहिले बुझने गरेको पाइन्छ । नेपाली जनजीवनमा कु खानाको उपाधी पाएको कोदोलाई गरिबको भिटामिन भनेर चिनिने गरिएकोमा पछिल्लो समयमा अस्वस्थकर र चिल्लो खानाको कारण स्वास्थमा आएको खराबी र कोदोको औषधीय गुण ज्यादा भएको हुँदा सम्भ्रान्तवर्गको मूख्य खानाको रुपमा परेको छ ।यो सुपर फुड्स हो,ब्रेन फुड्स हो ।यसमा प्रशस्त मात्रामा पोलिफेनल्स,टयानिन,फाइटोस्टेरोल्स लगायतका फाइटोकेमिकल्स पाइन्छ ।यो एटिअक्सिडेन्टले समेत परिपूर्ण हुन्छ । मानिसलाई ज्ञान भएसम्म सबैभन्दा पुरानो खाद्य पदार्थमध्ये एक कोदो खाद्य र पोषण सुरक्षाको दृष्टिकोणले महत्वपूर्ण भएपनि सरकारले यस खेतिलाई खासै महत्व दिएको छैन । तर चालू वर्ष २०७९/८० बजेटमा गहुँ,मकै,कोदो,फापरमा मुलुकलाई आत्मनिर्भर बनाउने कुरा बजेटमा उल्लेख गरेको छ । यसबाट पनि कोदो खेतिको महत्व दिनप्रती दिन बढदो छ ।

कोदोबाट हाम्रो स्वास्थलाई फाइदा के हुन्छ त ?

कोदोको विभिन्न परिकार खानाले मधुमेह,मुटुरोग लाग्न नदिने, हाडजोर्नी बलियो बनाउने,दातको विकाशमा सघाउ पुर्याउछ, कोलेस्टोल घटाउँछ,शरीर भित्रका नराम्रो विषाक्त पदार्थ बाहिर निकाल्छ,पाचनतन्त्रलाइ तन्दुरुस्त राख्छ,रगतको कमि हुन नदिने,कब्जियत हुन नपाउने,स्तन व्यान्सर हुन नदिने,शारीरको तौल नियन्त्रण राख्न,मृगौला र कलेजोको रोग लाग्न नदिने,पित्तथैलीमा पत्थरी हुन नदिने,छाला चम्किलो बनाउने,मिठो निद्रा आउने,घाउँ छिट्टो भरिन सघाउँने आमाको दूध बढाउँने,मोटाहरुको लागि बहुउपयोगी हुने,कुपोषण हुन नदिने, दिसा नियमित हुने कोदोको खाना अन्य खाना भन्दा निकै आडिलो हुने हुदाँ यसको रोटी,डिढो खानाले छिट्टो भोक नै लाग्दैन,लामो समय सम्म यसले बल र शक्ति दिने गर्दछ।त्यस्तै कोदो बाट बनेका रक्सी,जाडँ अन्य खाद्यबाली तथा अन्य पदार्थबाट बनेको भन्दा स्वस्थबर्धक हुनेगरेको पाइन्छ ।

ईस्मामा कोदोको सम्भावना र कोदो खेतिको उत्पादन बढाउन गर्नुपर्ने उपाय

सरकारले विगत ३ वर्ष देखि देशका १३३ स्थानीय तहमा कोदो खेतिको लागि करिब २६ करोड अनुदान दिएको छ।अब इस्माले पनि मन्त्रालय बाट कोदो खेतिको लागि पाउने अनुदानकोे लागि पहल गर्नुपदर्छ।इस्माको भूगोल धेरैजसो भिरालो तथा पाखो भएको यहाँ अन्य खाद्य तथा कोशेबाली,नगदेबालीको प्रशस्त सम्भावना हुँदाहुँदै पनि सिचाँइको असुविधा भौगौलिक कठिनाइ र मनसुनी वर्षामा कोदो प्रशस्त फल्ने भएकोले ईस्मामा कोदोको उच्च सम्भावना छ।अहिलेसम्म इस्मामा कति हेक्टर क्षेत्रमा कोदो खेति गरिन्छ भन्ने भरपर्दो तथ्यांक इस्मा गाउँपालिकामा छैन,यसको आधिकारिक तथ्यांक आगामी दिनमा प्रकाशित हुने सातौँ राष्टिय कृषि गणनाले पक्कै दिनेछ । तर विगत देखि नै इस्मामा कोदो धेरै फल्ने गरेको छ ।

इस्मालाई आत्मनिर्भर बनाउने हो भने इस्मालाइ कोदो पकेट जोन बनाउनुपर्दछ । पालिकाले आफनो नीति तथा कार्यक्रममा किसानलाई कोदो खेती गर्न प्रोत्साहन गर्दै विभिन्न कार्यक्रम मार्फत किसानलाई सहुलियत दिनुपर्दछ।पालिकाको चालु वर्षको बजेटमा कोदो खेतीको आधुनिकीकरण तथा व्यवसायीकरण उन्मुख कार्यक्रम बाट कोदो खेतिलाइ विशेष महत्वका साथ प्राथमिकता दिदैं किसानदेखि उपभोक्ता र सरोकारवालाहरुबाट कोदो खेतिको बजारीकरण गर्न पहल गर्नुपर्दछ । तथापि इस्मा गाउँपालिकाले कोदोको संरक्षण,उत्पादनमा वृद्धि गर्न विगतमा प्रयास नगरेको होइन तर ति कतिपय प्रयास कागजमा मात्र सीमित र सैद्धान्तिक मात्र भए,केही सुरुवात भएका काम पनि निरन्तर अनुगमन नहुँदा प्रभावकारी हुन सकेनन् । किसानले उत्पादन गरेको कोदोले बजार नपाएर त्यत्तिकै खेर गएको थियो ।यद्यपी अब देखि कोदोको उत्पादन बढाउनको लागि विगतका प्रयासलाई सार्थक,पूर्ण र व्यवहारिक बनाउनुपर्दछ ।ईस्माको कोदोलाइ काठमान्डौं बुटवल जस्ता देशका प्रमूख शहरहरुका होटेलहरुका मेनूमा अटाउने बनाउने र कोदोको ढिडो र रक्सीलाई मूख्य आर्कषक परिकार बनाई बेच्नुपर्दछ,त्यसको लाागि आवश्यक पहल गर्न विलम्ब गर्नुहुदैन,आगामी आर्थिक वर्ष विभिन्न कार्यक्रम गरी इस्मा गाउँपालिकालााई कोदो वर्षको रुपमा मनाउनुपर्दछ । बढी कोदो उत्पादन गर्ने किसानलाई आर्कषक पुरस्कारको व्यवस्था गर्ने, कोदो खेति गर्ने किसानलाइ विशेष अनुदान दिने,कोदो खेतिलाई पर्यटन सगँ जोडने, कोदो बाट पर्यटकीय गतिविधी सञ्चालन गर्न इस्मा आउने पर्यटकलाई इस्माको मौलिक खानाको रुपमा ढिडो खुवाउने,कोदो खेतिलाई निर्वाहमूखी भन्दा पनि व्यावसायिक बनाउन,उत्पादित कोदोलाइ बजारीकरण गर्ने,कोदो बाट धेरै खाद्य पदार्थ उत्पादन गर्ने,स्थानीय घरेलु तथा साना उद्योगको स्थापना गरी कोदो बाट धेरै परिकार बनाउने, र उद्योगबाट उत्पादित कोदोको परिकारलाई देशको विभिन्न स्थानमा पुयाउँने,कोदोको न्युनतम सर्मथन मूल्य तोक्ने, स्थानीय कृषि सहकारीको माध्यमबाट कोदोको संकलन गरि गाउँपालिकाको समन्यवमा देशका विभिन्न ठूला शहरमा लगेर बच्ने,त्यसको लागि संघ,प्रदेश तथा स्थानीय तहबीच र आवश्यकता अनुुुुसार नीजि क्षेत्र सगँ समन्यव,सहकार्य गर्ने,कोदो बेचेर प्राप्त रकमलाइ स्थानीय तहको विकाश र संमृद्धि र किसानको जीवनस्तर उकास्नको लागि खर्च गर्ने,एउटा कृषि सहकारीको सञ्चालन गर्ने जस्ले किसानले उत्पादन गरेको कोदोको संकलन गरेर देशको विभिन्न ठाउँमा लगेर बेच्न सकोस् ।

अन्तमा,आत्मनिर्भर इस्मा बनाउने हो,भने कोदो खेतिको उत्पादनमा विशेष ध्यानदिनुपर्दछ, व्यवसायिक रुपमा प्रचुर सम्भावना भएको र भविष्यको मूख्य खानाको रुपमा चिनिएको त्यस्तै खानामा पोषिलो,स्वादिलो,गुणस्तर र स्वस्थ रहेको पञ्चगुण तत्वले सुसम्पन्न कोदो खेतिको उत्पादन गर्ने र उत्पादित कोदोलाई बजारीकरण गर्ने,कोदो खेतिको बारेमा बेलाबखत चारतारे होटेमा गरिएका राजनीतिक भाषणले पक्कै पनि कोदोको उत्पादन बढदैन् त्यसका लागि काम नै गनुपर्ने हुन्छ ।वास्तविक किसानलाई प्रोत्साहन गनुपर्दछ ।कोदो खेति गर्ने किसानलाई संमान गर्नुपर्दछ ।यसको लागि इस्मा गाउँपालिकाको एकल प्रयासले यो कार्य सम्भव छैन,त्यसको लागि सबै सरोकारवाला पक्ष,राजनीतिक दल,नागरिक समाज,सबै किसानहरु जिम्मेवार,कर्तव्यनिष्ट हुनुपर्दछ । जसरी भएपनि इस्मालाई र इस्माको कोदोलाई नेपालभर चिनाउनुपर्दछ ।आत्मनिर्भर इस्मा बनाउने हो भने कोदोको उत्पादन बढाउनुपर्दछ कोदो बाट इस्माको समृद्धि खोज्नुपर्दछ । गाउँपालिकाले दिगो विकाशको लागि लिएको “शिक्षा,स्वास्थ,कृषि,र रोजगारःखुसी र समृद्ध इस्माको मुख्य आधार” भन्ने सोचलाई सार्थक बनाउनुपर्दछ ।

लेखकःत्रिभुवन विश्वविद्यालय स्नाकोत्तर प्रथम वर्षमा अध्ययनरत छन् ।

 
 
  
 

You may also like