“अबको चुनावी मुद्दा भ्रष्टाचारमुक्त एवं सुशासनयुक्त इस्मा हुनुपर्ने।”

नेपाली इतिहासमा वि.स २००४ साल जेठ २७ गते भएको काठमाडौ नगरपालिकाको निर्वाचन पछिको हाल ७४ वर्षे इतिहासमा कैयौं पटक केन्द्रिय र स्थानीय निर्वाचन सम्पन्न भए।कैयौं नेता जन्मिए तर ७४ वर्षे इतिहासमा नत निर्वाचनले नत निर्वाचनको माध्यम बाट जन्मिएको नेताले इतिहासमा लेख्न लायक काम गरे।चौरहत्तर वर्षे इतिहासमा नेपालको विकास औषत भन्दा पनि निकै कम भएको देखिन्छ।

हरेक लोकतान्त्रिक देशमा निर्वाचन तेस्तो शासन व्यवस्था वा पद्धति हो जहाँ जनताले आफुमध्ये बाट विस्वासीलो,राम्रो, असल र सक्षम व्यक्तिलाई निर्वाचनको माध्यम बाट चुन्छन र त्यहीँ जनमतले चुनिएको जनप्रतिनिधिले जनभावना को प्रतिविम्बित हुने काम गर्द्छन। नेपाल संघीय संरचनामा गैसकेपछि बनेको नेपालको संविधान,२०७२ ले संविधानमै तीन तहको संघीय संरचनाको व्यवस्था गरेको छ।लिखित रुपमै राज्यको संरचना संघ,प्रदेश र स्थानीय तह गरि तीन तहको हुनेछ भनी व्यवस्था गरेको छ।नेपाल संघीय संरचनामा गएपछि को पहिलो स्थानीय तहको निर्वाचन पछि बनेको स्थानीय सरकारले आफ्नो चार वर्षे कार्यकाल पूरा गरेको छ। सरकारले आउदो वैशाख ३० गते नेपालका ७५३ वटै स्थानीय तहमा एकै चरणमा निर्वाचन सम्पन्न गर्ने घोषणा गरे बाट हरेक राजनीतिक दलले देशव्यापी चुनावी कार्यक्रम गरिरहेका छन।

आफ्नो दललाई मत दिन आम नेपाली जनतालाई अपिल गरेका छन।यहाँ म मेरो स्थानीय तह अर्थात इस्मा गाउँपालिकाको आगामी निर्वाचनमा आम इस्लामी मतदातालाइ अबको निर्वाचनमा कस्तो व्यक्तिलाई मत दिदा इस्माको विकासले कोल्टे फेर्द्छ भन्ने कुरमा प्रष्ट पार्न चाहन्छु। हाम्रो इस्माको प्रमुख समस्या भनेको गुणस्तरीय शिक्षा,स्वास्थ, बेरोजगारी,भ्रष्टाचार,सामाजिक असमानता लगायत अन्य समस्याहरू हुन । यत्तिकैमा पहिलो पाँच वर्षे सरकारले के गर्‍यो के गरेन त्यो इतिहासले मुल्यांकन गर्नेछ तर म यहाँ अब निर्वाचित हुने दलको उम्मेदवारले इस्मालाइ विकशित र समृद्ध बनाउन निम्न मुख्य मुद्दाहरू मा जोड दिनुपर्ने आवस्यकता देख्दछु।

१.गुणस्तरीय शिक्षा सर्वाङगीण विकासको आधार तथा समग्र विकासको जननी शिक्षा हो,यो कुनै पनि व्यक्तिको अन्तर्निहित प्रतिभालाई बाहिर प्रस्फुटन गराउने माध्यम शिक्षा हो।साथै परिष्कृत एवं मर्यादित जीवन र संमानित रोजगारी तथा उद्यम विकाशको आधार समेत हो ।ज्ञानमा आधारित समाजको माध्यमबाट मुलुकको दीगो विकास शान्ति र समृद्धिका लागी शिक्षालाई महत्त्वपूर्ण माध्यमको रुपमा स्वीकार गरिदै आएको छ।नेपालको संविधानले शिक्षालाई मौलिक हकको रुपमा प्रत्याभूत गरेको छ।स्थानीय तहको अधिकार भित्र माध्यमिक तह सम्म को शिक्षाको संचालन र व्यवस्थापन गर्ने व्यवस्था रहेको छ।यसैलाई आधार मान्दा इस्मामा गुणस्तरीय समावेशी एवं समतामूलक तथा आधुनिक र वैज्ञानिक शिक्षा को आवस्यकता छ।पछिल्लो समय इस्माका सामुदायिक विद्यालयहरूमा विद्यार्थी भर्नादर घटीरहेको छ।किन विद्यार्थी संख्या घटीरहेको छ? यसको सुक्ष्म रुपमा अध्ययन गरि त्यसको समुचित समाधान खोज्नुपर्द्छ। शिक्षालाई सबैको समान पहुँच पुग्ने बनाउनेपर्ने देखिन्छ।कम विद्यार्थीहरू भएको विद्यालयलाई मर्ज गरि एउटा व्यवस्थित स्कुल बनाउनु पर्ने देखिन्छ।पालिका भित्र सबैको सहज पहुँच पुग्ने गरि एउटा नमुना आधारभुत विद्यालय बनाउनुपर्ने आवश्यकता अहिलेको हो।सबै ठाउँका भौगोलिक धरातल समान नहुदा साना विद्यार्थीहरू आधारभुत स्कुलमा पुग्न सक्दैनन। तिनीहरुकोलागी स्कुल बस को व्यवस्था गर्नुपर्ने देखिन्छ। जब सम्म यस ठाउँको शिक्षा को अवस्था राम्रो हुदैन तब सम्म गाउँ बाट उत्पादन हुने जनशक्तीले यो देश र गाउको विकासमा सकारात्मक भुमिका खेल्न नसक्ने कुरा सबैले बुझेको सत्य हो।हरेक विद्यालयलाई सुविधा सम्पन्न आधुनिक भौतिक संरचना सहित भौतिक रूपमा सबैको पहुँच पुग्ने किसिम अहिलेको आवश्यकता हो। हरेक विद्यालयमा पुस्ताकालय,ईन्टरनेटको सुविधा,प्रयोगशाला साना बालबच्चालाई दिवा खाजाको प्रबन्ध गर्ने, स्थानीय माग र आवस्यकता अनुसार स्थानीय पाठपुस्तक र शिक्षालाई अहिलेको परिस्थिति सुहाउँदो,आधुनिक र मौलिकता झल्किने आफ्नो संस्कार सस्कृती नमेटिने बनाउनको लागि कुनै पनि दलले आफ्नो निर्वाचन को मुख्य एजेन्डा बनाउनु पर्द्छ।शिक्षाको गुणस्तर सुधार गर्न शिक्षक शिक्षिकालाइ विभिन्न तालिम,सेमिनार,गोष्ठी,प्रशिक्षण दिदै प्राविधिक र आफै उद्द्म गरेर खाने व्यावसायिक शिक्षाको लागि आवस्यक निति तथा कार्यक्रम कानुन योजना प्रक्रिया अगाडि बढाउनु पर्ने छ शिक्षालाई समय सापेक्ष एकाइसौ शताब्दीको आधुनिक तथा वैज्ञानिक परिस्कृत,परिवर्तित,परिमार्जित र व्यवस्थित बनाउनको लागि व्यापक सुधार नै पहिलो प्राथमिकता हुनुपर्ने।

२. स्वास्थ:- “health is wealth” स्वास्थ नै सबैभन्दा ठूलो धन हो। नेपालको संविधानले नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ सेवा निशुल्क प्राप्त गर्ने मौलिक हकको व्यवस्था गरेको छ।किनभने जबसम्म यस गाउँमा बस्ने वडाबासी हरूको स्वास्थ अवस्था राम्रो हुदैन तब सम्म यस वडाको स्वास्थ स्थिती राम्रो भएको।हुदैन ।त्यसकारण अबको राजनीतिक दलको दोश्रो प्राथमिकता आधारभुत स्वास्थमा हुनुपर्छ।पालिका स्तरीय कम्तीमा एउटा सुबिधा सम्पन्न आधारभुत अस्पताल को व्यवस्था संघीय सरकारले बनाउदै छ सो अस्पताललाई अविलम्ब छिटो सम्पन्न गरि सानो स्वास्थ समस्यालाई लिएर सदरमुकाम जाने समस्या बाट मुक्त बनाउनुपर्ने देखिन्छ।बेला बेलामा पालिका स्तरीय स्वास्थ सङ्ग सम्बन्धि विभिन्न शिविर,तालिम,प्रशिक्षण संचालन गर्नुपर्ने देखिन्छ त्यसको लागि कार्यविधि बनाउनुपर्ने आवस्यकता देखिन्छ ।हरेक वडामा सुविधा सम्पन्न स्वास्थ्य चौकी को प्रबन्ध, त्यस्तै हरेक वडामा कम्तिमा एक एम्बुलेन्स सेवा को व्यवस्था गर्नुपर्ने देखिन्छ नसक्ने हुँदा स्वास्थ्य क्षेत्रमा आधुनिक आयुर्वेद,प्राकृतिक चिकित्सा पद्धति,योग ध्यान गर्न आवस्यकता गुणस्तरीय भौतिक संरचना,गुणस्तरीय स्वास्थ सेवामा आम नागरिकहरूको सहज, सरल र न्यायीक पहुँच पुग्ने वातावरणको सिर्जना गर्ने किसिमको कार्यक्रम बनाउनु दोश्रो प्राथमिकता ।

३.यातायात क्षेत्रमा सुधार:

मुलुकको आर्थिक,सामाजिक विकास लाई गति प्रदान गर्न स्थानीय जनताको निर्वाध पहुँचका अतिरिक्त व्यापार व्यवसाय तथा सेवालाई सहजीकरण गर्न यातायात क्षेत्रको ठूलो भुमि हुन्छ। इस्माका हरेक वडामा कच्ची सडक पुगि सकेको अवस्था देखिन्छ।महत्त्वपूर्ण कुरा इस्माको हरेक वडालाई जोड्ने(रिङ्ग रोड) इस्माको गौरवको कालोपत्रे सडक बनाउनुपर्ने देखिन्छ।हरेक वडाका वडा कार्यालयको केन्द्रमा पुग्ने सडक पक्की बनाउनुपर्ने देखिन्छ ।अन्य ग्रामीण भेगका सडक पनि बारै महिना संचालन हुने बनाउने यो तेस्रो प्राथमिकता।

४ खानेपानी क्षेत्रमा सुधार :- खानेपानी स्वास्थ,सुखी नागरिक जीवनको अनिवार्य आधार हो। नेपालको संविधानद्वारा प्रद्वत खानेपानी तथा सरसफाइ को अधिकार अनुरूप यस पालिकामा बस्ने सबैलाई स्वच्छ र सुरक्षित खानेपानी को आपूर्ति गर्नु पालिकाको प्राथमिकता पर्नुपर्द्छ।प्रत्येक व्यक्ति लाई आधारभुत स्तरको खानेपानी र सरसफाइ पुर्याउनु पर्ने साथै एक घर एक धारा नितिलाई व्यवहारमा लागू गर्ने इस्माको प्रमुख समस्या खानेपानी भएको तर विभिन्न खोलाको पानीलाइ लिफ्टिङ्गको माध्यम बाट विभिन्न वडामा पुर्याइ खानेपानीको उचित प्रबन्ध गर्नुपर्ने देखिन्छ ।तर पानीका अन्य तमाम समस्याहरू दैनिक धारामा पानी नआउने, मुहान देखि वितरण सम्मको दुरि लामो भएको हुदा बाटोमा धेरै प्राविधिक तथा अन्य समस्याले पानीको समस्या चाहिँ सबै वडामा छ।खानेपानीका वैकल्पिक मुहान वा श्रोतको छिटोभन्दा छिटो पहिचान गरि स्वच्छ सफा खानेपानी हरेक नागरिकको घर आगनमा पुर्याउनु पर्ने खानेपानी को साथै आधारभुत सरसफाइ लाई पनि ध्यान दिनु यो अर्को प्राथमिकता।

५. विद्दुत क्षेत्रमा सुधार-आधुनिक विकासको अनिवार्य आधार बिद्धुत पनि विकासको महत्त्वपूर्ण पुर्वाधार हो।व्यवस्थित विद्दुतीकरण बाट इस्माका हरेक वडालाई राष्ट्रिय ग्रीड प्रसारण लाइनमा जोडनु पर्द्छ।पालिकालाई व्यवहारबाटै लोडसेडिङ मुक्त बनाउनु साथै उज्यालो इस्माको कार्यक्रम ल्याउनु पर्ने देखिन्छ।हरेक गाउमा काठका पोल मुक्त गरि स्टिलका पोलहरू प्रबन्ध,वर्खाको समयमा लामो दिन सम्म विद्दुतको आपूर्ति नहुने विगतको समस्यालाई समाधान गर्न विद्दुत प्राधिकरण सङ्ग समन्वय गरि समस्या समाधान गर्ने अँध्यारो मुक्त एव हरियालीयुक्त इस्माको सपना साकार पार्नुपर्ने जोड दिदै विधुत सङ्ग सम्बन्धि प्राविधिक समस्यालाई शीघ्र पहिचान गरि त्यसको दिगो व्यावस्थापन गर्नुपर्ने अर्को प्राथमिकता ।

६:- संचार क्षेत्रमा सुधार:– विकास र विस्वव्यापीकरणलाई आबद्ध गर्ने विकासको आधुनिक तर अपरिहार्य पूर्वसर्त भएकोले यो पनि विकासको महत्त्वपूर्ण पुर्वाधार हो।सूचना तथा संचारको विकासले अहिले सिङ्गै विश्व एउटा् घर भएको छ।सूचना प्रविधिको विकासमा गाउँपालिका पनि अछुतो रहन सक्दैन।यस पालिकामा पनि तीब्र गतिमा नेपाल टेलीकम र एनसेल सङ्ग समन्वय गरेर तीब्र गतिको 4G सेवा उपलब्ध गराउनु पर्ने आवस्यकता देखिन्छ निशुल्क वाइफाइ जोन बनाउनुपर्ने आवस्यकता देखिन्छ। सञ्चारलाई पालिकाका हरेक विकास निर्माणका काममा जोड्दै हरेक नागरिकलाई सूचनाको हकको असल प्रत्याभुती दिनुपर्ने देखिन्छ। इस्मा रहेका सार्वजनिक निजि हरेक कार्यालयको काममा आधुनिक सूचना प्रविधिको महत्तम प्रयोगमा जोड दिदै हरेक कार्यालयले छिटोछरितो सेवा सुविधा वितरण गर्ने स्मार्ट कार्यालय बनाउनुपर्ने अर्को महत्त्वपूर्ण प्राथमिकता ।

७. बेरोजगारी अन्त रोजगारी सिर्जना :- गरिबी को कारण बेरोजगार हुँदा हजारौं युवा विदेशिने गरेको तितो अनुभव हामीले देखेको भोगेको कुरा हो हरेक दिन दर्जनौं युवाहरू पालिका छोडेर रोजगारीको शिलशिलामा देश छोडेर विदेशीने गरेको साथै विदेशमा कमाएको धनले यता मौलिक थातथलो छोड्ने क्रम तीब्र देखिन्छ।बेरोजगारी अन्त गर्ने र रोजगारी सिर्जना गर्ने ठुलो हिस्सा पालिकाले लिन सक्दैन। तर कमसेकम सयौं युवाहरूलाई कम्तीमा छ महिनाको रोजगारीका अवसर सिर्जना गर्न संभाव्य क्षेत्रको पहिचान गर्नुपर्ने देखिन्छ।प्रधानमन्त्री रोजगारीलाई थप प्रभावकारी र व्यवस्थित गर्दै दायरा बिस्तार गर्नुपर्छ।रोजगारीको न्युनतम पारीश्रमिक तोक्नुपर्छ।अर्को मुख्य समस्यामध्ये गाउँ छोडी शहर तिर बसाइँसराइ गर्नेहरूको लर्को अत्याधिक छ।यो किन भैरहेको छ।किन मानिस बसाइँसराइ गरिरहेका छन भन्ने कुराको सुक्ष्म अध्ययन तथा विश्लेषण गरि गाउँमै आय आर्जन का कार्यक्रमहरू,व्यवसाय गर्दा कर छुट गुणस्तरीय स्वास्थ,रोजगारी को सिर्जना।अर्को तर्फ इस्मा कोदोको पकेट क्षेत्र हो यो गाउँपालिका प्रशस्त कोदो खेती गरिन्छ।कोदो खेतीलाई इस्माको मौलिक अन्नबाली हो भनेर त्यसको राष्ट्रिय रुपमै बजारीकरण गर्नुपर्ने र इस्माकको दर्लामचौर `एक घर एक रुखकटहर´समेतले परिचित रहेको छ। अमरपुर माटोको भाडोले परिचित छ,इस्मामा कोवाल्ट पाइने संभावना रहेको भुगर्भविदले भनेको सुनिएको छ। त्यसको खोज अनुसन्धान गर्नुपर्ने,कृषिलाई संरक्षण,समर्द्वन र प्रर्वद्वन गर्न कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्दै किसानहरूलाइ समयमै उन्नत बिउबिजन,मल तथा सिचाइको उचित बन्दोबस्त गराउने हो भने यहाँका खेत बारीमा विभिन्न तरकारी, नगदेबाली,अन्नबाली फल्ने देखिन्छ। कृषि पेशा गर्न चाहने युवाहरूलाइ प्रोत्साहन स्वरुप व्यवसाय दर्ता निशुल्क,कर छुट,सहुलियतपुर्ण ॠण रकम विभिन्न कृषि अनुदान रकम उपलब्ध गराउनु पर्छ समय समयमा तालिम गोष्ठी कार्याशाला कृषि पेशा गर्ने कृषकलाई संमान गर्ने भ्रमण गराउने साथै यहाँका कृषकहरूले खेत बारीमा उत्पादन गरेका विभिन्न अन्नबाली तथा नगदेबाली हरू पालिकाले नै समन्वय गरेर सहज रुपमा सदरमुकाम तथा अन्य भागमा पुर्याउन कृषि सहकारी खोल्नु ।पालिकालाइ कृषिमा आत्मनिर्भर बनाउनुपर्ने।पालिका स्तरको औद्योगिक ग्रामको निर्माण हुँदै छ यो औद्योगिक ग्राम लाई छिटोभन्दा छिटो संचालन मा ल्याउन जरुरी देखिन्छ तब मात्र स्थानीय स्तरमा भएका र खेर गैरहेका औद्योगिक कच्चापदार्थहरूको सदुपयोग हुनेछ ।भने आन्तरिक रोजगारीको अवस्था सिर्जना भइ बेरोजगारी केही भएपनी अन्त हुँदा यसलाई प्राथमिकता दिने।

८ . भ्रष्टाचार मुक्त इस्मा प्राथमिकता : भ्रष्टाचार आजको एकाइसौ सताब्दिको प्रमुख जल्दोबल्दो समस्या हो विस्वको प्रमुख दश समस्या मध्ये एक भएपनि नेपालको मुख्य समस्या र चुनौती हो।भ्रष्टाचार नियन्त्रणका खातिर ऎन,नियम संस्था छन तैपनि भ्रष्टाचार घट्नुको साटो बढी रहेको छ। स्थानीय तह बनेपछि र स्थानीय तह मा निर्वाचित भएर जनप्रतिनिधि आइसकेपछि सबैभन्दा भ्रष्टाचार स्थानीय तह भएको विभिन्न तथ्यांकले देखाएको छ। इस्मा गाउँपालिका पनि यो कर्ममा अछुतो रहन सकेन।इस्मा गाउँ पालिकामा राजस्व क्षमताको भरपर्दो श्रोत नभएको,सानो आकारको अर्थतन्त्र भएको संघ र प्रदेशले उपलब्ध गराउने विभिन्न अनुदान रकमलाइ पालिकाले विकास निर्माण रोजगारी सिर्जना गर्न खर्चेको देखिदैन। जस्ले गर्दा यश गा.पामा धेरै भ्रष्टाचार भएको देखिन्छ।भ्रष्टाचार नियन्त्रण गर्न विभिन्न ऎन नियम संस्था छन तर प्रभावकारी रुपमा काम नगरेको कारण भ्रष्टाचार बढेको आम जनगुनासो रहेको छ ।अब भ्रष्टाचार नियन्त्रण गर्न व्यक्ति र कार्यालयले शुन्यसहनशिलता निति अवलम्बन गर्नुपर्ने देखिन्छ।हरेक कार्यालयले नागरिक बडा पत्र राख्नुपर्द्छ।भ्रष्टाचार गर्नेलाई सामाज बाट बहिष्कार गर्ने निति,ऎन नियम कानुनलाई समय सापेक्ष बनाउने,भ्रष्टाचार विरूद्वको अभियानलाई हरेक नागरिक स्तर बाटै अगाडि बढाउने।भ्रष्टाचार नियन्त्रण गर्न पालिका भित्र रहेका सम्पुर्ण कार्यालय संघ,संस्थाबीच समन्वय गर्दै भ्रष्टाचार नियन्त्रण को खातिर दृढ राजनीतिक इच्छाशक्ति र प्रतिबद्धता हुनुपर्ने अर्को प्राथमिकता ।

९. सुशासन कायम गर्ने कुरालाइ व्यवहारगत अभ्यास हुनुपर्ने ::
सुशासन भनेको विधिको शासन उच्च अनुशासन र कुशल व्यवस्थापन एवं प्रशासन हो। हरेक व्यक्ति,क्षेत्र कार्यालय जनता प्रति पारदर्शी,जवाफदेही,सक्षम,निष्पक्ष उत्पाद्नशिल,मितव्ययी,छरितो एवं जनमुखी हुनु हो।सुशासनको माध्यमद्वारा नै समृद्ध इस्माको निर्माण भइ सभ्य समाज स्थापना हुन्छ।सुशासन बाट कमजोरवर्गको सशक्तीकरण,राजनीतिक स्थायित्व,गुणस्तरीय सेवा,विधिको शासनको पवर्द्वन, आर्थिक अनुशासन हुनेकुरामा कसैको अत्युक्ति नहोला सुशासन सन्तुष्टिको परिणाम हो महशुस हो सुशासनको सूचक नागरिकको अधिक सन्तुष्टि हुनुपर्नेमा जोड दिनुपर्ने भएको हुँदा सबै प्रकारका भ्रष्टाचार लाई अन्त्य गर्दै विधिको शासन मार्फत नागरिकलाई सुशासनको सुखद अनुभुति दिलाउनु स्थानीय राजनीतिक दलको प्रमुख भुमिका देखिन्छ।हाल सम्म इस्माले आफ्नो कामको लोकप्रियता खोजेको छ तर नागरिकलाई कामको उपलब्धि दिन सकेको छैन।भ्रष्टाचार नियन्त्रण र सुशासनको व्यावहारिक अभ्यासमा ध्यान दिनु अर्को प्राथमिकता ।

१०. इस्माको इतिहास सङ्गजोडिएको इस्मा कोत र पर्यटन पर्वद्वन गर्नुपर्ने :-हालको इस्मा गाउँपालिका र तत्कालीन गण्डकी क्षेत्र भित्र पर्ने चौबीसै राज्य अन्तर्गत पर्ने इस्मा राज्य सुरक्षा र सिपाहीको किल्ला र सामरिक दृस्ठिकोणले गोर्खा पछिको शक्तिशाली राज्य हो भन्ने कुरा सबैलाई जानकारी भएको विषय हो। हाससम्म पनि लामो र गर्विलो इतिहास बोकेको क्षेत्रको उचित प्रचारप्रसार नहुनु हाम्रो लागि विडम्बना हो।हाल इस्मा कोत क्षेत्रमा ऎतिहासिक झल्को र नेपाली समाजको मौलिकता झल्किने गरि इस्मा दरबारको पुनःनिर्माण/नवनिर्माण भएको छ।तर यतिले मात्र यस क्षेत्रको महिमाको उचित कदर हुन सक्दैन।वि.स १८४३भन्दा अगाडि नेपालमा विलय हुनुभन्दा पहिले यस क्षेत्रमा धेरै राजाहरूले शासन गरेको इतिहास पाइन्छ।तथापि इस्माको ऎतिहासिक पाटोलाई पर्यटन सङ्ग जोडन अहिलेसम्म नि सकिएको छैन।अब ऎतिहासिक इस्मा कोतलाई पर्यटन प्रर्वद्वनका माध्यम देश तथा विदेशमा चिनाउदै पर्यटनकै माध्यम बाट ग्रामीण गरिबी निवारण गर्ने,रोजगारी सिर्जना गर्दै ग्रामीण अर्थतन्त्र सबल सक्षम बनाउनु पर्ने देखिन्छ। कम्तीमा एक गाउँपालिका स्तरीय नमुना पर्यटकीय क्षेत्र को पहिचान गर्दै पर्यटनको विविधीकरण गर्ने, आन्तरिक तथा बाह्र पर्यटक आकर्षण गर्ने पर्यटकीय गतिविधि बाट राजस्व संकलन गरि आत्मनिर्भर इस्मा बनाउनु पर्ने अबको राजनीतिक दलको प्राथमिकता।समग्रमा आत्मनिर्भर इस्मा,हरियाली इस्मा,नागरिक सन्तुष्ट,मानवतायुक्त,सबै प्रकारका हिंसा जस्तैः लैङ्िगक हिंसामुक्त,घरेलुहिंसा मदिरा,जातीय भेदभाव र छुवाछूत मुक्त,सामाजिक न्याय,समावेशीकरण,डिजिटल युक्त,प्रविधिमा आधारित शासन व्यवस्था, समनता र समता तथा विभेदरहितता,कृषि,पर्यटन रोजगारी,भ्रष्टाचारमु कानुनी शासनयुक्त एवं सुशासनयुक्त इस्मा बनाउनु पर्ने प्राथमिकता ।

अन्त्यमा:

यी माथी उलेखित र अन्य विकास निर्माण, मानव विकास र सशक्तीकरण गर्न सीमित श्रोत साधनले समग्र इस्माको बहुआयामिक पक्ष समेट्न हुन सक्दैन, तर विकास गतिशील र परिवर्तनशील प्रक्रिया भएकोले यो निरन्तर चलिरन्छ।विकासको गतिमा अगाडि बढ्ने कुरामा अब चुनिने नेतृत्वलाई आगामी दिनमा चुनौती थुप्रै छन र नागरिकका युगिन इच्छा चाहना धेरै छन। यहाँको मुख्य समस्या गरिबी हो गरिबी सङ्ग बेरोजगारीको सकारात्मक सम्बन्ध हुन्छ।त्यसकारण गरिबी घटाउन आयआर्जन का नयाँ क्षेत्रहरू पहिचान गरि रोजगारी सिर्जना गर्नु, शासन संचालन,विकास व्यवस्थापन र सेवा प्रवाह गर्ने राज्यको सबैभन्दा तलको निकाय मुलतः स्थानीय तह नै भएकोले नागरिकको हक,हित,भलाई,उन्नति प्रगति,समृद्धि र समुन्नति कायम गर्नुपर्ने देखिन्छ।पालिका बाट प्रवाह हुने सेवा सुबिधामा विना भेदभाव,सबै नागरिकको समान पहुँच,अवसर र प्रतिनिधित्व गर्दै,समाजलाई शान्त,सभ्य,स्वस्थ र अनुशासित बनाउने तर्फ ध्यान दिनुपर्ने छ ।विकास निर्माणका हरेक कार्यक्रममा स्थानीय जनसहभागिता गराइ गाउँपालिका मेरो वा हाम्रो हो भन्ने भावना जागृत गराउदै,अव्यवस्थित,अनियंत्रित र तीव्रतर रूपमा भैरहेको बसाइँसराइ प्रक्रियालाई रोक्ने किसिममको एजेन्डा को साथै व्यक्ति,सरकार र कार्यालय लाई जबाफदेही,उत्तरदायी बनाउने अबको हरेक राजनीतिक दलको पहिलो प्राथमिकता हुनु जरुरी छ।आम इस्माली मतदाताले धेरै सोच, विचार र विवेक पुर्याएर माथीका मुद्दामा अडिग रहने र प्राथमिकता दिने सक्षम,योग्य,क्षमतावान,नैतिक चरित्र भएको,इमानदारी विवेकि असल उम्मेदवारलाई मत दिनुहोला नत्र खराब मान्छेलाई क्षणिक पैसा बाड्ने मासु भात खुवाउने चिल्ला मिठा भाषण दिने नेतालाइ मत दिनुभयो भने फेरि पनि इस्माको हालत धेरै पछि सम्म अहिलेको भन्दा खासै फरक पाउनुहुनेछैन !!

(लेखक:-मोहन नेपाली
बुटवल बहुमुखी क्याम्पसमा राजनितिशात्रमा अध्ययनरत छन)

 
 
  
 

You may also like