प्रहरी हेड क्वार्टरका थप ६ जनामा कोरोना संक्रमण

काठमाडौं। पछिल्लो २४ घण्टामा प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप ६ जना अधिकारीमा कोरोना भाइरसको संक्रमण फेला परेको छ । योसँगै प्रहरी मुख्यालयमा कार्यरत ३६ जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ ।नेपाल प्रहरी अस्पतालमा गरिएको पिसीआर परीक्षणले थप ६ जनामा संक्रमण देखाएको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले जानकारी दिएक ।

संक्रमितमध्ये अधिकांश सवारी शाखाका छन् । केही सञ्चार शाखाका अधिकारीलाई पनि संक्रमण देखिएको उनले बताएका छन् । हालसम्म संक्रमण पुष्टि भएका हवल्दार र जवान छन् । कन्ट्याक ट्रेसिङका आधारमा अधिकृतहरुको पनि पिसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । तर, रिपोर्ट आइसकेको छैन ।

 

 
 
  
 

You may also like