कोरोना कहरमा परिवर्तित एसइईको स्वरूप

निराजन भट्टराई
कुनै सानोतिनो विषयको कुरा होइन जब माध्यमिक स्तरको परिक्षा एसइई रद्द भयो। नेपालमा शैक्षिक सत्र २०७६मा एसइई दिने विद्यार्थीको संख्या करिब करिब ४ लाख ७५हजार ३ जति थियो। चैत्र ६ गतेदेखी सुरु हुने भनेको माध्यमिक स्तरको परिक्षा ५ गते नगराउने भनेर मन्त्रीपरिसद बाट निर्यण गरियो। त्यो एक तर्फबाट उचित पनि थियो। सुगम ठाउँमा त चिन्ताजनक कुरा थिएन तर जहाँ यातायातको सुबिधा थिएन सन्चारको सुबिधा थिएन त्यहाँ त गार्‍हो विषय सिर्जना भयो ।

विद्यार्थीहरुमा एसइई दिन नपाउदा निराशपन त देखियो तर के गर्ने माथिल्लो निकायमा गरेको निर्णयलाई नै सर्बोपरी ठान्दै बिद्यार्थीहरु आफ्नो गन्तव्य तिर लागे। यहि हाम्रो जिल्ला गुल्मीको कुरा गर्दा पनि कहिँ कतै विद्यार्थीहरु एसइई दिन केन्द्रस्थलमै पुगेको देखियो। सरकार बाट पनि निर्णय अलिक पछि भयो। एसइई रद्ध भयो भन्दा सबै बिद्यार्थीका अनुहार मलिन देखिन्थे।

एसइई परिक्षा भनेको कुनैपनि बिद्यार्थीको आफ्नो जिबनको पहिलो कदम भन्ने बुझिन्छ।के गर्ने कसो गर्ने भनेर सरकारमा अन्योलको विषय सिर्जना भयो अझ सरकारमा भन्दा त विद्यार्थीहरुमा अन्योलको विषय सिर्जना भयो।बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण रोकिएको परीक्षाको विषयलाई लिएर धेरै बह्स भए। एसइई परिक्षा नजिकैको केन्द्रमा गराउने भनेर निर्णय गरियो ।परिक्षा केन्द्र धेरै भएनन् र फेरि निर्णय गरियो कि एसइई परिक्षा आफ्नो बिधालयमा गराउने आफ्नो बिधालयमा गराउन त कोहि सहर छोडेर गाउँ गएका छन त कोहि कतै ?आफ्नो बिधालयमा गराउन पनि क्वारेन्टाइनमा राखिएको छ। अत्यन्तै अन्योलको विषय सिर्जना भयो सरकारले पनि के गरोस एस्तो बेलामा खोइ सरकारको पनि कुनै गल्ती थिएन यदि त्यस परिक्षा अलि अघि सारेर गरेको भए राम्रो हुदो रहेछ कक्षा १-९ सम्मको परिक्षा गरे झै बगेको खोला फर्कीदैन भने झै समयले नेटो काट्यो। कुनै विकल्प नै देखा परेन अन्तत परिक्षा रद्ध नै भयो। आन्तरिक मुल्यानकन बाट दिएर एसइई सम्पन्न गराउने निर्णय गरियो। के यो उचित छ त? यो भरपर्दो हुन्छ त सरकार ?

यो अलि गम्भीरताको विषय पनि बन्यो। आन्तरिक मुल्यांकनबाट दिदा अलि कम पो आउनेहो कि कुनै विद्यार्थीले सोचेको होला मैले यो आन्तरिक परिक्षामा बिगारेको छु अर्को परिक्षामा राम्रो ल्याउछुकि कसैले लकडाउनको समयमा राम्रो तयारी पो गरेका थिएकि एसइई पुर्णरुपमा रद्द भएपछि बिद्यार्थीमा अन्योलको विषय सिर्जना भयो। परिक्षामा जति भरपर्दो सायद त्यो आन्तरिक मुल्यांकन हुदैनहोला यस्तै यस्तै विषयहरु सिर्जना भैरहेका छ्न कतिपय ठाउँमा त परिक्षा दिन नपाएर आत्महत्याका घटना सुन्न पाहिन्छ । जति विद्यार्थीहरु परिक्षा दिएर सन्तुष्ट हुने थिए तेति नदिइकन सन्तुष्ट हुदै हुदैनन ।

परिक्षा गराउने पनि बाताबरण निर्माण भएन । सानोतिनो कुरा पनि होइन यो विद्यार्थीले १० बर्षसम्म गरेको सङघ्र्सको प्रतिफल पनि हो । कुनैपनि जहाँ जताबाट पनि कुरो गर्दा पनि एसइईको रिजल्टको कुरो आउछ जुन।सुकै ठाँउमा जादा पनि त्यस नतिजाको कुरा आउँछ । अनि शिक्षकहरुले पनि कसरी मुल्यांकन गर्ने कसरी थाहा हुन्छ कि उस्ले पछि धेरै पढेको थियो भनेर एसइई नहुदा बिद्यार्थीमा तनाबको बाताबरण सिर्जना भएको छ। के गर्ने कसो गर्ने मेरो भबिश्य के होला त? भन्ने चिन्ताले सताइरहेको छ। यसबिचमा सरकारको ध्यान जान जरुरी देखिन्छ।

  • धुर्कोट ६ रजस्थल
 
 
  
 

You may also like