पाल्पामा पहिरो जादा ४ वटा सवारी साधन बगायो , २ जनाको सब फेला

बुटवल । पाल्पाको तानसेन रिडी खण्डमा पहिरोले ४ वटा सवारी साधन बगाउँदा २ जनाको शव फेला परेको छ । एक जना गम्भीर घाइते भएकाको उद्धार गरेर थप उपचारका लागि अस्पताल पठाइएको छ ।

सदरमुकाम तानसेन देखि ७ किलोमिटर टाढा रिडी–तानसेन सडक खण्डको सम्मोबारी नजिकै पहिरो खस्दा एउटा ट्यांकर, बुलेरो जीप एउटा , एउटा मिनी ट्रक र एउटा कार बगाएको हो ।
ती सवारी साधनमा कति मानिसहरु सवार थिए भन्ने यकिन जानकारी छैन । अहिले घटनास्थलमा नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरी सहित उद्धारकर्मीहरु पुगेका छन् । उक्त पहिरो डेढ सय मिटर लामो छ । अहिले पहिरो हटाउने काम भइरहेको पत्रकार माधव अर्यालले बताए ।

निरन्तर परिरहेको पानीकाकारणले पहाडि क्षेत्रमा पहिरोको जोखिम बढेको छ ।

 
 
  
 

You may also like