गुल्मीको रुरुक्षेत्र गाउँपालिका ६ मा ३ जनाको मनोनयन दर्ता

by समतल अनलाइन

बुटवल । गुल्मीको रुरुक्षेत्र गाउँपालिका ६ रिमुवाको वडाध्यक्ष पदमा ३ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेस,नेकपा र एकजना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । वडाध्यक्ष पदका लागि नेपाली कांग्रेसले वेदप्रसाद दर्लामीलाई उम्मेदवार उठाएको छ भने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाबाट गिरीप्रसाद सिंजालीले उम्मेदवारी दिएका छन् ।

यस्तै सोही पदका लागि मनबहादुर दर्लामीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । मुख्य निर्वाचनको कार्यालय रुरु क्षेत्र ४ बलेटक्सारमा पुगेर उनीहरुले उम्मेदवारी दर्ता गरेका हुन ।

०७४ सालमा भएको स्थानिय निर्वाचनमा सोही वडा बाट विजयी तत्कालिन नेकपा एमालेबाट विजयी भएका वडा अध्यक्ष पुर्ण बहादुर रेग्मीको मृत्यु भएपछि उक्त वडामा उपनिर्वाचन हुन लागेको हो । सोही वडामा २ हजार ४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

 
 
  
 

You may also like