मुसिकोट ८ मा लगत संकलनसंगै बिपन्न घरपरिबारलाई राहत सामाग्री दिन थालियो

हरि पाठक
गुल्मी। जिल्लाको मुसिकोट नगरपालिका वडा न:८मा वडा भित्र रहेका बिपन्न परिबार तथा ज्यालादारीमा काम गरेर परिबार चलाइरहेका नागरिकहरूलाई राहत वितरण गरिएको छ। विश्वब्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस अर्थात् कोभिड- १९ को सम्भावित जोखिमलाइ न्यूनीकरण गर्न भन्दै सरकारले लगाएको लकडाउनका कारण कुनै पनि ज्यालादारीमा मजदुरी गर्ने विपन्न परिवारका ब्यक्तिहरुलाई छाक टार्नका लागि समस्या नहोस भनी राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको वडाअध्यक्ष नारायण सापकोटाले जानकारी दिनुभयो।

वडाले लगत संकलन कार्य गरिरहेको छ पहिलो चरणमा वडाभित्र रहेका एक सय घर परिबारलाई राहतस्वरूप केही दिनलाई पुग्ने ३० किलो चामल, २ किलो दाल,१ किलो नुन,१ लिटर तेल र २वटा साबुनका दरले घरमा कुनै अायस्रोत नभएका,कुनै पनि सरकारी तथा निजी र बैदेशिक रोजगारमा अाबद्ध नरहेका, बिहान साझ खाना खान समेत कठिन हुने,खाद्यन्न उत्पादनमा ३ रोपनीसम्म जग्गा भएका प्रत्येक बिपन्न परिबार तथा मजदुरी गर्ने ब्यक्तिहरुलाई वडाअध्यक्ष नारायण सापकोटा,वडासदस्यहरु सत्यकुमारी जि.सी,सुकमाया बिश्वकर्मा र वडासहायक कमप्युटर अपरेटर उज्ज्वल खत्रीसमेतको रोहवरमा वडाकार्यालयबाट नै राहत वितरण गरिएको हो ।

मुसिकोट नगरपालिकाको बिहिवार बसेको नगरकार्यपालिकाको बैठकले गरेको निर्णय बमोजिम अति विपन्न एवम् उच्च गरिबीका कारण खाद्यान्न अभाव भोगिरहेका परिवारको लगत सकंलन गर्नको लागि ९ वटै वडाहरूले वडाअध्यक्षको संयोजकत्वमा सर्बदलीय/सर्वपक्षीय छलफलको बैठकबाट छनोटसमिति गठन गरि वडाका प्रत्येक गाउँ गाउँका टोलमा पुगेर लगत संकलन गर्ने कार्य सुरू गरिरहेेेका छन्। वडा नं.८ ले पनि लगत संकलन संगै राहत समाग्री बितरण गरिरहेको छ शनिबार पहिलो चरणमा अति बिपन्न एक सय घरपरिबारलाई बितरण गरेको हो भने बाकी छनोटमा परेका परिबार तथा नागरिकलाई पनि क्रमश बितरण गर्दै जाने वडाकार्यालयले जनाएको छ।

यसअघि नै वडाभित्रका प्रत्येक गाउँका टोल टोल घरघरमा पुगेर ६ सय १५ घरपरिवारलाई ८ नं.वडाका जनप्रतिनिधि,कर्मचारीसहितको टोलीले जनचेतनासंगै मास्क र हातधुने सावुन समेत वितरण गरिसकेको छ।

यस्तै मुसिकोट नगरपालिकाका अन्य वडाहरुले पनि लगत संकलन तथा राहत वितरण कार्य सुरु गरिरहेका छन्।

 
 
  
 

You may also like