गुल्मीको धुर्काेटमा २२ बर्षिया युवा मृत फेला

by समतल अनलाइन

हुमाकान्त पाेखरेल

गुल्मी। गुल्मीको धुर्काेट गाँउपालिका वडा नम्बर ४ जैसिथाेक गाेपेमा एक युवा मृत अवस्थामा फेला परेका छन् । स्थानीय २२ बर्षिय कमल खत्री घरनजिकै मृत अवस्थामा फेला परेकाे छिमेकी रामु खत्रीले जानकारी दिएका छन् । उनी शुक्रबार साँझ कुलपुजाका पाहुनालाई खाना खुवाएर घरबाहिर निस्केको जनाइएको छ ।

शनिबार बिहान ६ बजेतिर स्थानीयहरू बाटाे हिड्दा कमलकाे शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले वस्तु प्रहरी चाैकी घटनास्थलमा गइसकेको छ भने पुर्काेटस्थित इलाका प्रहरी चाैकि घटनास्थलमा जाँदैछ ! घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

 
 
  
 

You may also like