स्याङ्जा पहिरो अपडेट : मृत्यु हुनेको संख्या ६ पुग्यो

by समतल अनलाइन

स्याङ्जा ।स्याङ्जामा अविरल वर्षापछि गएको पहिरोमा परी ६ जनाको मृत्यु भएको छ ।स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १४ मा पहिरोले घर पुर्दा ५ जनाको मृत्यु भएको छ ।
पहिरोमा परी ६० वर्षीया शानी नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, २८ वर्षीया उमाकला नेपाली र ९ वर्षीय विवश नेपाली छन् ।

घटनास्थलबाट जीवितै उद्धार गरिएकी १७ वर्षीया मनिषा नेपालीको थप उपचार गर्न पोखरा पठाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै कालिगण्डकी गाउँपालिका ४ गौतमडाँडामा पहिरोले घर पुर्दा एक जनाको मृत्यु भएको छ ।

बाबुराम दमाईका छोरा विष्णु दमाईको पहिरोमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like