गुल्मीकी १७ वर्षीया किशोरी ४ दिनदेखि बेपत्ता

by समतल अनलाइन

बुटवल । गुल्मीको ईस्मा गाउँपालिका–५, जामुनडाँडाकी १७ वर्षीया पूजा अर्याल ४ दिनदेखि सम्पर्क बिहिन भएकी छिन् । ज्याकेट किन्न जान्छु, भन्दै मंसिर १ गते बिहान घरबाट तम्घास हिडेकी अर्याल सोहि दिन साँझबाट नै सम्पर्क बिहिन भएकि हुन् ।

तम्घास हिडेकी छोरी घर नफर्किएपछि बुबा नारायणले २ गते सोमबार इस्मा प्रहरी चौकी, रजस्थलमा उजुरी समेत दिएका छन् । तर अहिलेसम्म कतैबाट पनि फेला परेको जानकारी छैन । पुजाले इस्मा गाँउपालिका ४ दोहोलीस्थित रामराज्य माविमा कक्षा १२ पढ्दै आएकी थिइन् ।

छोरी सम्पर्क बिहिन भएपछि परिवारले खोजि गरि सहयोग गरिदिन सबैमा आग्रह गरेको छ ।

 
 
  
 

You may also like