गुल्मी धुर्कोट गाँउपालिकाका अध्यक्षलाई कोरोना संक्रमण

गुल्मी।गुल्मीमा कोरोना संक्रमण पुष्टि भएका दुई जनामध्ये एक जना धुर्कोट गाउँपालिकाका अध्यक्ष भएको पाइएको छ ।गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले एक विज्ञप्ति जारी गर्दै आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

उनले विज्ञप्ति मार्फत आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी दिएका छन् । गुल्मीका कोरोना संक्रमण पुष्टि भएका अर्का एक व्यक्ति धुर्कोट गाउँपालिका वडा नम्बर ४ को व्यक्ति भएको पनि उनले जानकारी दिए ।

पोखरेलका अनुसार अर्को कोरोना संक्रमित भने भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका व्यक्ति हुन् । ती व्यक्ति दिर्घ रोगी समेत रहेको पोखरेलको भनाइ छ ।

उनले आफू र ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि धुर्कोट गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रबाट दिइने सेवा अनिश्चितकालिन रुपमा बन्द भएको समेत बताए ।

यस्तै गाउँपालिकाको केन्द्र बर्बोट क्षेत्र देखि वडा नम्बर ४ भुवान सम्मको क्षेत्रलाई सील गरिएको पनि जानकारी दिए ।

 

 
 
  
 

You may also like