मृतक शिक्षकको सम्पर्कमा आएका गुल्मी मदाने ३१ वर्षीय बैंकका कर्मचारीमा देखियो कोरोना

सन्तकुमार श्रेष्ठ
बुटवल । गुल्मीमा थप एक जनामा कोरोना पुष्टि भएको छ । उनि गुल्मी मदाने गाँउपालिका वडा ६ का बासिन्दा हुन् । शनिवार आएको पिसिआर रिपोर्टमा ३१ बर्षीय पुरुषमा कोरोना पुस्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पुस्टि गरेको हो । मदानेका ४१ बर्षीय शिक्षकमा कोरोना पोजेटिभ देखिएपछी उनको सम्पर्कमा आएका ३० जनाको स्वाव संकलन गरेको थियो । जसमध्ये शुक्रवार २५ जनाको नेगेटिभ रिपोर्ट आएको थियो ।

शनिवार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा ५ जना मध्ये १ जनामा कोरोना पोजेटिभ देखिएको हो । उनलाई अहिले तम्घासमा रहेको आइसोलेसन पठाईको गुल्मी मदाने गाँउपालिकाका प्रशासकीय अधिकृत सुरेश भण्डारीले समतल अनलाइनलाई जानकारी दिए । ३१ बर्षीय युवा बैंकका कर्मचारी हुन् । यसअघि मदानेमै कोरोना पोजेटिभ देखिएको शिक्षकको उपचारको क्रममा मृत्यु भैसकेको छ । गुल्मी जिल्लामा कोरोना संक्रमितको संख्या २ पुगेको छ भने नेपालमा अहिले सम्म ५ सय ९१ पुगेको छ ।

 
 
  
 

You may also like