कृष्ण श्रेष्ठ ले जिते ‘९ औ बुटवल श्री’ उपाधि

बुटवल ।९ औ बुटवल श्री’ अन्तर गण्डकी र ५ नं प्रदेश स्तरीय शारीरिक सुगठन प्रतियोगिता सम्पन्न भएको छ । बुटवल उपनगरपालिकाको आर्थिक सहयोग तथा रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघले बुटवल स्थित हाेटल एशियन भिलेज रिसाेर्टमा बुटवल श्री को आयोजना गरेको हो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदिले अमर सहिद तथा नेपाली शारीरिक सुगठनका पिता धर्मभक्त माथेमाकाे तस्बिरमा माला लगाउदै कार्यक्रमकाे शुभारम्भ गरेका थिए ।

युवा संचारकर्मी सुमन श्रेष्ठकाे संचालन तथा रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

७५ के जि वजन समुहमा विजेता भइ फाईनलामा पुगेका फिटनेस टाइम रुपन्देहीका कृष्ण श्रेष्ठ अल औभर च्याम्पियन भए ।
४९ जना प्रतिस्पर्धीलाई पछि पार्दै श्रेष्ठले बुटवल श्री काे उपाधिसंग ५५ हजार नगद र आकर्षक ट्रफि हात पारे ।
५५ केजी ताैल समूहतर्फ क्रमशः प्रथम, द्वितीय र तृतीय हेल्थ बेनिफिटनेश वाकेका सिधाान्त जसरिया ए एण्ड ए हेल्थ क्लब रुपन्देहीका पुकार थापा र फिजिकल फिटनेस एण्ड व्युटि रुपन्देहीका आकाश गुरुङ भए । ६० के जि वजन समुहमा औम फिटनेस वाकेका सुरेस थापा प्रथम नेपाल जिम रुपन्देहीका माेहम्मद जुमराति दाेश्राे बुटवल फिटनेस रुपन्देहीका अर्जुन श्रेष्ठ तृतीय भए ।

त्यस्तै ६५ केजी तौल समूहमा ओम फिटनेस वांकेका जित बहादुर वलि प्रथम विकास तामाङ रत्न श्री जिम कास्की दाेश्राे, कृष्ण जिम एण्ड फिटनेस रुपन्देहीका सुमित राना तृतीय भए ।

७० केजी वजन समुहमा एस एस फिटनेस रुपन्देहीका विनाेद सुनार प्रथम, फिटनेस टाईम रुपन्देहीका प्रकास थापा दाेश्राे र राेयल आइरन जिम रुपन्देहीका दिलिप बहादुर खत्री तिवारीले तेस्रो स्थान मा चित्त बुझाए । त्यसैगरी ७५ केजी वजन फिटनेस टाइम रुपन्देहीका कृष्ण प्रसाद श्रेष्ठ प्रथम हेल्थ बेनिफिटनेश वांकेका ईमाेश श्रेष्ठ दाेश्राे भुमहि जिम एण्ड फिटनेस नवलपरासी का रत्न राज थापा तृतीय भए ।
७५ केजी भन्दा माथिकाे वजन समुहमा बज्राचार्य फिटनेस पाल्पाका मनिष बज्राचार्य प्रथम हेल्थ बेनिफिटनेश वांकेका अभिषेक श्रेष्ठ दाेश्राे ‌ओम फिटनेस वांकेका शितान्शु पाण्डे तृतीय भए । समूह चरणका खेलका प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीहरुलाई जनही ५ हजार, ३ हजार र २ हजार पुरस्कार सहित ट्रफी प्रदान गरिएको आयोजक समितिका अध्यक्ष सितु प्रसाद श्रेष्ठले जानकारी दिए । कार्यक्रममा निर्णायकहरु अन्तराष्टिय निर्णायक क्रमश बुद्धि जंग कार्की, केशव बहादुर शाक्य वरिष्ठ निर्णायक गाेविन्द चित्रकार, श्याम श्रेष्ठ शिवध्वज राई राज कुमार श्रेष्ठ र सुरज श्रेष्ठले गरेका थिए ।

धर्मभक्त माथेमालाई आस्था राख्ने शारीरिक सुगठन खेलका खेलाडीलाई गलत आचरण गर्ने छुट नभएको कार्यक्रमका प्रमुख अतिथि शिव राज सुवेदिले बताए । उक्त कार्यक्रममा काठमाडौ जिल्ला अध्यक्ष सुरेश सुवेदी, बांके जिल्ला काेषाध्यक्ष सन्तोष शाक्य, दाङ जिल्ला अध्यक्ष आशिष श्रेष्ठ, कपिलबस्तु जिल्ला अध्यक्ष तथा धर्म श्री बिजेता जिवन गिरीको उपस्थिति थियो । पुरस्कृत खेलाडी हरुलाई बुटवल उपमहा नगरपालिकाका शिवराज सुवेदी बिशिष्ट अतिथि १२ ओ दक्षिण एशियाली शारीरिक सुगठनमा रजत पदक बिजेता रमेश कार्की तथा जिल्ला संधका अध्यक्षहरुले नगद सहित पुरस्कारहरु प्रदान गरेका थिए । यसै गरि उक्त कार्यक्रममा बुटवल श्री का पुर्व बिजेताहरुलाइ समेत सम्मान गरिएको थियो ।

०६५ सालमा भएको प्रथम बुटवल श्री मा विकाश चौधरी, ०६८ सालमा भएको दोस्रो बुटवल श्रीमा शेर बहादुर खाम्चा, ०७० सालमा भएके तेस्रो बुटवल श्रीमा विनोद बज्राचार्य र ०७२ सालमा भएको चौथो बुटवल श्रीमा विजेन्द्रमान श्रेष्ठ विजेता भएका थिए ।
यसैगरी ०७३ पाचौं बुटवल श्री र ०७४ काे छैठाैं बुटवल श्री ताराबहादुर थापाले २०७५ सातैं बुटवल श्री चन्द्रमान श्रेष्ठले र २०७५ मा नै आठाैं बुटवल श्री विनोद सुनारले जितेका थिए ।

 
 
  
 

You may also like