रुपन्देहीका १६ स्थानीय तहमा मधुमेहको निःशुल्क परीक्षण गरिने

by समतल अनलाइन

झविन्द्र देवकोटा
बुटवल । रुपन्देहीका १६ वटा स्थानीय तहमा मधुमेह (डायवेटिज) को निःशुल्क परीक्षण गरिने भएको छ । ब्यस्त जीवनशैली तथा आधुनिक खानपिनका कारण मधुमेह रोगको जोखिम बढ्दै गएकाले त्यसबारे सचेतना बाट्न तथा मधुमेहको विरामीमा कमि ल्याउन रुपन्देहीका १६ वटा स्थानीय तहमा मधुमेहको निःशुल्क परीक्षण गरिने भएको हो । लायन्स क्लव इन्टरनेशनल ३२५ बी टु एरिया ४ अन्तरगतका विभिन्न लायन्स क्लवहरुले रुपन्देहीका सबै तहमा मधुमेहको निःशुल्क परीक्षण गर्ने भएको बुधबार बुटवलमा भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । अबको १८ महिनाभित्र एक लाख ६० हजार मधुमेहको परीक्षण गर्ने अभियान अन्तरगत रुपन्देहीका १६ स्थानीय तहमा अभियान चलाइएको लायन्स क्लव इन्टरनेशनल ३२५ बी टुका पि.एम.जे.एफ सुनिल वोझाले जानकारी दिनुभयो । उहाँले मधुमेहका बारेमा सचेतना कम हुँदा धेरै मानिस मधुमेहको जोखिममा परेकाले त्यो दरलाई कम गर्नका लागि लायन्स क्लवले निःशुल्क मधुमेह परीक्षण अभियान थालेको बताउनुभयो । नोभेम्बर १४ मा पर्ने विश्व मधुमेह दिवसको अवसर पारेर थालिएको अभियान अन्तरगत सहि खानपान, रहन सहन, सकारात्मक सोंच, नियमित शारिरिक ब्यायाम लगायतका क्रियाकलाप पनि सिकाइने लायन्स क्लवले जनाएको छ ।

अभियान सफल पार्न लायन्स क्लव अफ सयपत्री, लायन्स क्लव अफ बुटवल मणि उजेश, लायन्स क्लव अफ बुटवल क्षितिज, लायन्स क्लव अफ बुटवल डायनामिक लेडिज, लायन्स क्लव अफ बुटवल मणिमुकुन्द युथ, लायन्स क्लव अफ बुटवल स्मार्ट सिटी, लायन्स क्लव अफ सिद्धार्थ युथ, लायन्स क्लव अफ बुटवल स्टार, लायन्स क्लव अफ बुटवल युथ, लायन्स क्लव अफ रुपन्देही, लायन्स क्लव अफ बुटवल चौतारी र फुलवारीले मधुमेहको परीक्षण तथा सचेतना कार्यक्रम गर्ने लायन पुरुषोत्तम प्रधानांगले जानकारी दिनुभयो । यसैबीच बिहीबार विश्व मधुमेह दिवसको अवसर पारेर बुटवलमा विभिन्न क्लव तथा सामाजिक संघसंस्थाहरुले सचेतना ¥याली निकाल्ने भएको लायन शंकर पाण्डेले बताउनुभयो । अझै पनि धेरै जसो मानिसहरु रगतमा हुने मधुमेहको परीक्षण गराउन तथा रगत निकाल्न डराउने भएकाले यसको सचेतनानै प्रमुख विषय भएकाले विभिन्न स्थानमा कार्यक्रम तथा सचेतनामुलक ¥याली गरेर अभियानलाई सफल पारिने लायन्स क्लवले बताएको छ ।

 
 
  
 

You may also like