लेकपोखरीमा माघेसक्रान्ति मेला हुदैँ

by समतल अनलाइन

मनोज कार्की
गुल्मी । मालिका गाउँपालिकाको समृद्धिको रुपमा रहेको जिल्लाकाके मालिका गाउँपालिका वडा नं ५ छापहिले लेकपोखरी क्षेत्रमा यस बर्ष पनि माघेसक्रान्ति मेला हुने भएको छ । बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि पौष २९ र माघ एक गते माघेसक्रान्ति मेला हुने भएको लेकपोखरा माघेसक्रान्ति मेला ब्याबस्थापन समिति अध्यक्ष रेखा कुमार जि. सिले बताएका छन् ।

मालिका गाउँपालिकाकै समृद्धिको रुपमा हेरिएको लेकपोखरा जिल्लाकै एक महत्वपुर्ण पर्यटकिय स्थल हो । यस बर्षको लेखपोखरमा मेलामा कृषि पर्दशनी , पन्चेबाजा, स्थानिय भजन तथा राष्ट्रिय साथै स्थानिय कलाकारको सहित सास्कृतिक कार्यक्रम गरिने भएको छ ।

लेकपोखरामा रहेको पोखरी चिम्टाले खनेको र पोखरीमा नेपालका चारधामको जल मिसाईएकोले पोखरीको पानीले नुहाउने तथा पिउने गरेमा पाप नष्ट हुने धार्मिक बिश्वास रहदैँ आएको छ । यस बर्ष राष्ट्रिय स्तरका कलाकार श्रीस देबकोटा, लक्ष्मण खड्का , हरिमाया रायमाझि आउने भएका छन् । छापहिलेमा रहेको लेकपोखरी क्षेत्र माघे सक्रान्ति मेलाको लागि जिल्लाको रुरु क्षेत्रपछिको चर्चित क्षेत्रको रुपमा लिने गरिन्छ ।

 
 
  
 

You may also like