कोभिड भन्दा ठूला भाइरस जितिन्छ- आत्मबल बढाऔ

सुष्मि कँडेल
काठमाडौं। अरूले भनेको सुन्दा र आफैलाई पर्दाको पीडा आज मैले भोग्दै छु।जसरी अरूको माध्यम बाट मैले सुनें, बुझे,जाने त्यो भन्दा धेरै फरक रहेछ।पहिला पहिला भनिन्थ्यो नी आफ्नै आँखाले देखेका कति कुराहरू पनि सत्य नहुन सक्छन्,त्यसैले अरूको कुरामा त्यति विश्वास गर्नु हुँदैन भनेर हामी सानो छँदा हजुरबुबा आमाले भनेको कुराको आज सत्य प्रमाण भो।

प्रसङ्ग: कोभिड-19 को हो, हुनत मलाई कोभिड भएको रहेनछ।आफ्ना साथीहरूलाई आफ्ना आफन्तलाई म बिरामी भए के गर्ने होला के भयो होला भनेर शेयर गर्दा यही जबाफ आयो सबै बाट “तिमीलाई कोभिड भयो,चेक गर्न जाउ”।मलाई यो जवाफले सार्है चिन्तित बनायो,धेरै रोए,कराए पनि तर मलाई ठीक हुन सकेन।आफै सामान्य मेडिकल मा गएर औषधि किनेर ल्याएर खाए,खाएको पनि आज ७ दिन बित्यो तर केही कमी महसूस हुन सकेन।झन झन पीडा बढ्दै गयो, म आफू आफै संग हारेको महसूस गर्न थाले,अझ बढी अनावश्यक कुराहरू सोच्न थाले पीडा बढ्दै गयो।आफन्त साथीहरूलाई शेयर गर्यो झन डराउन दिने मात्र भेटे।

आफ्ना आफन्त तथा साथीहरुको साथ दुःख पर्दा धेरै आवश्यक पर्छ भन्ने कुरा सबैलाई थाहा हुँदा हुँदै पनि मलाई साथ दिन सक्नु भएन। कोभिड लागेको भन्दैमा भेट्नै नहुने हो र? सामाजिक दूरी कायम गरी भेट्न मिल्दैन र? फोन म्यासेज बाट एउटा सही परामर्श दिन सकिदैन र? कोभिड भयो भन्दैमा घृणा नै गर्नुपर्छ र? म निःशब्द छु।।जसलाई केही कुराको ज्ञान छैन त्यसै कोभिड भो भन्दै डाक्टर बन्न खोज्ने। म एउटा शिक्षित भएर पनि सबैको कुरा सुन्दा आतिए, डराए ,रोए ,कराएपनी अनि धेरै सोचेर म आज अस्पताल सम्म पुगे।

अस्पतालमा गए बिरामी को भिडभाड थियो,कतै बेड नपाएर छट्पटी,कतै राम्रो डाक्टर नपाएर छट्पटी यस्तै यस्तै कहाली लाग्दो अवस्था थियो।मैले आफ्नो चेक जाँच गराए,मलाई कुनै कोभिडको लक्षणहरू नभएको जानकारी प्राप्त भो। सामान्य औषधि लिएर आए,खाँदै छु मलाई छिट्टै निको हुन्छ मलाई थाहा छ। आजभोलि दिनप्रतिदिन अनावश्यक गलत समाचारहरु आइरहेका हुन्छ त्यसैले सही समाचार हेर्ने गरौं,आफ्नो आत्मबल बढाउँ मनोरञ्जन तिर ध्यान दिने गरौं। यसरी अरूको कुरा सुनेर आत्मबल कम नगर्नुहोला, सम्पूर्ण मा मेरो अनुरोध छ आफ्नो आत्मबल बढाउनुस्, कोभिड त के यो भन्दा कडा भाइरसलाई जित्न सकिन्छ।

 
 
  
 

You may also like