महामारीको घाउमा मलम बन्दै बुटवल सेरोफेरो हङ्गकङ्ग

सुदिप गौतम। बुटवल -यतिबेला कोरोना महामारी संगै सरकार बाट जारि गरेको लकडाउनका कारण धेरै जना प्रभावित भएका छन। कोरोना कहरका कारण कतिले मृत्युबरण पनि गर्नुपरेको छ। हुने खानेलाई त लकडाउनले त्यति समस्या नपार्ला तर हुदा खाने अर्थात मध्यम बर्ग र काम गरेर खानेलाई लकडाउनले निकै समस्या पारेको छ। यस्तो बेलामा जसले सहयोग गर्न सक्छ उसले सहयोग गर्नुपर्ने अवस्था छ। सहयोग सानो ठुलो भन्ने हुदैन।

यस्तो विषम समयमा सामाजिक उत्तरदायित्व बहन गर्दै यो महामारीको घाउमा मलम बनेर उभिएको एउटा सस्था हो “बुटवल सेरोफेरो हङ्ग कङ्ग। उक्त सस्थाको बिशेष सहयोगार्थ बिभिन्न राहत वितरण संगै अन्य स्वास्थ सामाग्री बितरण ,स्वास्थकर्मीलाई भोजन वितरण लगायतका परोपकारी काम गर्दै आएको छ। लकडाउन अबधिभर कोहि कसै भोको नरहून भन्दै आफ्नो काम निरन्तर जारि राख्ने र लकडाउन पश्चात पनि सहयोगको आवशयक परे अन्य कार्यक्रम पनि चलाईने उक्त सस्थाले बताएको छ।

यस अघि तिलोत्तमाको आईसोलेसन भवनमा स्वास्थ सामाग्री बितरण ,बुटवल बसपार्कमा खाना बितावारण लगायतका कार्यक्रम संचालन भैसकेको छ। यस्तै अभियानको आज ८ औ दिनमा तिलोत्तमाको कान्छीबजार र बुटवल बेलबासको सुकुम्बासी बस्तीमा पनि पुगेर राहत वितरण गरेको छ। आजै साझ बुटवलको नया बसपार्क कालिका चलचित्र हाल अगाडी ,बुटवलको आम्दा अस्पताल ,ट्राफिकचोक लगायतका ठाउमा पनि राहत बितरणको कार्यक्रम रहेको जनाएको छ ,सस्थाले हरेक दिन डल्ले रेस्टुरेन्टको सहयोगमा बिहान साझ खाना खुवाउदै आएको छ। यदि कोहीलाई समस्या परे बुटवल सेरोफेरो हङ्ग कङ्गलाई सम्पर्क गर्न समेत आग्रह गरेको छ। यो पवित्र अभियानको सफलताको कामना

 
 
  
 

You may also like