हाम्रो गुल्मी निबासी एक भारतिय गोर्खाली सेनाका हवल्दार कार्कि पाकिस्तानको बोर्डरमा सहिद हुनु भएछ। अब राजकिय सम्मानको साथमा उहाको पार्थिव शरिरको परिबार लाइ बोलाइ अन्तेष्ठि हुनेछ दुइ चार टोपको सलामी दिइने छ कामान्डिङ्ग अफिसर मलिन हुदै जोडले सल्युट गर्ने छन र दुइ मुश्लो धुवा निस्कीदै आकासमा बिलिन हुनेछ र एक चर्को स्वरमा भनिने छ “सहिद बिर गोर्खाली कार्की अमर रहुन, बिर गोर्खालिको जय होस, गोर्खाली हो कि होइन हो हो हो” । अनि खेल खतम। श्रीमती आशु बगाउदै नेपाल फर्किने छ। बाबु आमा जिन्दगी भर पिडामा जिवन ब्यतित गर्ने छन। छोरा छोरिको निधारमा टुहुरा टुहुरिको बिल्ला लाग्ने छ! धेरैको सहारा खोसिनेछ।
वा रे वा !! हामी बिर गोर्खाली !!!
बिगत लाइ हेर्दा; साम्राज्यबादी इष्ट इण्डिया कम्पनीले विश्वका बिभिन्न देश हरु लाइ कब्जा गर्दै हतियारले सुसज्जित आफ्ना फौज मकवानपुर हुदै काठमान्डु छिराएर नेपाल नै कब्जागर्ने प्लान थाहा पाएर अङ्ग्रेजको हुकुमत को अगाडी खुकुरिको भरमा लडेका हाम्रा बिर पुर्खाहरु १८१६ मा सुगौली (हाल बिहार) सन्धि गर्न बिबश भएका थिए। राजाको दुर्दर्शिता भनौ या मुर्खपन सुगौली सन्धिमा नेपालले जितेका देहरादुन, चकराता, कुमाउ, अल्मोडा, सतलज, दार्जिलिङ्ग सिक्किम, गोरखपुर, लखनउ लगायतका ग्रेट नेपालका धेरै भुभाग हरु सम्झौतानुसार गुमाउन परेको तितो सत्य इतिहासले बताउछ। खुकुरिको भरमा विश्वलाइ छप्काउन पछि नपर्ने बिर गोर्खाली लाइ आफ्नो फौजमा भर्ती गरि विश्व जित्ने प्लान गरेको धुर्त अङ्ग्रेजले बिभिन्न प्रलोभन देखाएर हाम्रो पुर्खा लाइ आर्मिमा सामेल गर्यो र भर्पुर फाइदा उठायो। कहिले जापान कहिले जर्मन, फ्रान्स, मलाया हुदै विश्वमा कब्जा जमायो। हौसला बुलन्द गर्न “भिक्टोरिया क्रस” “बिर” “निडर” “कायर हुनु भन्दा मर्नु राम्रो” “करो या मरो” जस्ता मेडल र शब्दले जोस्यायो। हाम्रा पुर्खाहरु सिधा साधा र इमान्दार थिए जसरी जसरी भन्छ उसै गरि प्रयोग हुदै गए। गरिबी र अशिक्षा को कारण यो सिलसिला निरन्तर चलिरह्यो, चलिरहेको छ कहिले सम्म चल्ने हो राम जाने।
केहि नेता तथा साथिहरु गोर्खा भर्तिको बिषय लाइ लिएर बिरोध पनि गर्नु हुन्छ र बिरोध जायज पनि छर ति बिरोध गर्ने मित्रहरुलाइ सायद यि बास्तबिकताहरु थाहा छैन होला; जस्तै भारतिय गोर्खाली सेना बाट मर्ने सख्या भन्दा खाडी मुलुक, कोरिया, जापान युरोप अमेरिकामा काम गर्ने नेपालिको मर्ने र बेबारिसे र बिना क्षतिपुर्ति लास आउनेको सन्ख्या बढी छ। भारतिय सेनामा सहिद हुदा करोडौ क्षतिपुर्तिको साथमा परिबारलाइ आजिवन पेन्सन त्यो पनि यहाको मुख्यसचिबको भन्दा बढी दिने गर्छ तर अरु बिदेशी मुलुकमा मरे भने क्षतिपुर्तिको ब्यबस्था छैन। बिदेशी भुमिमा सरकारी/गैरसरकारी जागिर खाने प्राय: कसैको रहर हुदैन; यो त बाध्यता हो यस्लाइ सरकारले रोक लगाएमा जनता जाने कुरै हुदैन र यो रोक लागाइनु पर्छ भन्नेमा म पनि हो। कोरिया जापान अमेरिका या खाडिमा १५/२० साल काम गरि आउने लाइ के सम्बन्धित देशले पेन्सन दिन्छ? तर बृटिस/भारतिय गोर्खाली सेना लाइ नेपालको मुख्यसचिब सरह पेन्सन दिने गर्छ। कोरिया जापान अमेरिका या खाडिको भन्दा धेरै उच्च स्तरको काम र माम बृटिस/भारतिय गोर्खाली सेनाले पाउने र गर्ने गर्छन।
विश्वमा नेपालको र नेपालीका कोही शत्रू छैनन; किन कि आज सम्म नेपालले कसैलाइ नराम्रो गरेको छैन। प्रथम र दोश्रो विश्वयुद्धमा पनि नेपाल आफु होमिएको थिएन। तर बेलायती गोर्खाली पल्टनमा भर्ती भएका हरुको सक्दो प्रयोग गरियो।कोल्ड वारमा पनि नेपाल असंलग्न रहेको हो र आजसम्म असंलग्न नै छौं।
भारत-चीन होस् कि भारत-पाकिस्तान युद्धमा होस् नेपालले कसैको साथ दिएन, तर तितो सत्य यस युद्दमा अमुक देश लाइ जिताउने पनि गोर्खाली नै थिएबतर नेपाल भने सदा तटष्थ रहदै आएको छ। यही तटष्थताको कारण कमजोर र गरिब भए पनि नेपाल आजसम्म अस्तित्वमा छ । राजा र राणाले नेपाललाई इष्ट इण्डियामा गाभ्न दिएनन, भारत वा चीनले पनि गाभ्न सकेन। तर यस क्षेत्रमा हुने र विगतमा भएका विश्वयुद्धहरूमा वा शान्ति एवम योद्दा सेनामा गएका नेपाली सेना र बेलायती/भारतिय गोर्खालि सेना विदेशीको बिभिन्न ठाउमा सैनिकहरू भने युद्ध लडिरहन्छन् र वीरगति प्राप्त भईरहेका हुन्छन्। लाखौंले वीरगति पाईसकेका पनि छन्। त्यस बाफत ठुलो धनराशी प्राप्त पनि गरेका र परिबार लाइ बिचल्ली हुन बाट जोगाएका छन। चाहे भारत होस चाहे बृटिस विदेशी भूमिको रक्षार्थ लड्न भर्ति भएका नेपाली सैनिकहरू लडाईमा जानु, लडाई गर्नु र यदॉकदा मृत्युवरण गर्नु स्वाभाविक नै हो।तर पनि यो आकडा अन्य मुलुकमा सिविल जागिर गर्दा हुने मृत्यु भन्दा कम हुनेगर्छ। जागिर नै त्यस्तो खाएपछि अन्यथा सोच्ने कुरा पनि हुदैन। तर वीरगति प्राप्त गरेपनि तिनले पाउने राजकीय सम्मान र पारिवारिक आर्थिक भरणपोषणको सुविधा नेपालका मूख्यसचिवको भन्दा बढी राम्रो नै छ। गोर्खाली सेना विश्वमै सबैभन्दा बफादार र बिर मानिन्छन।
सेनामा होस् कि अरू, कस्तो जागिर कहॉ गएर खाने सबै नेपाली स्वतन्त्र छन्। जस्तो जागिरको प्रकृति हुन्छ त्यस्तै नतिजा आईहाल्छ। यसमा दु:ख मनाउ गर्न मिल्दैन, ज्यान गएमा सहानुभूति र श्रद्धान्जली दिनमा कन्जुसू पनि त गर्न भएन । ब्यक्तिको रोजगारी हो, यसमा राज्यले हस्तक्षेप गर्न मिल्दैन। सैनिकको जागिरर पेन्सन भारत, पाकिस्तान, चीन, अमेरिका र बेलायतमा निकै प्रतिष्ठित र सुबिधापाउनेमा मानिन्छन्। नेपाली गोर्खा सैनिकको मान शान त झन् कति छ कति। नेपाललाई विश्वमा चिनाउदै आएको पनि गोर्खाले नै हो। संभवत: विदेशमा रहेका यिनै गोर्खाका कारण नेपालको अस्तित्वमा कुनै खतरा आउन पाएन, थिएन र आउने छैन। जंगबहादुर र चन्द्र सम्सेरले यसलाई बुझेरै यो श्रोतको अधिकतम् सदुपयोग गरेर विश्व साम्राज्य अंग्रेजलाई पनि नियन्त्रणमा राख्ने कुटनीतिक, रणनीतिक, सामरिक चतुर्याई!!