२०७७ असार १२ गते शुक्रबारको तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज धैर्य एवं लगनशिलताले अवसर दिलाउने छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । शुभ कार्यमा सफलता मिल्ने छ । व्यापारमा धन लाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज महत्वपूर्ण कामको थालनी हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्ने छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउने छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
लाभदायक यात्रा होला । रोकिएका काम पुनः शुरु हुन सक्छन् । मान प्रतिष्ठामा बृद्धि होला । आफन्तको प्रगतिमा मन रमाउने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सहकर्मीबाट विरोध आउला । लगनशिलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । नियमित खर्च समेत बढ्ने योग छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
ठीक समयमा सही निर्णय लिन सकिने छ । राजनैतिक क्षेत्रमा सफलता मिल्ने छ । व्यापार व्यवसायमा सफलता मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनु पर्नेछ । शरीरमा स्फूर्तिको कमी हुनेछ । स्वास्थ्यमा लाभ भने हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज समाज सेवामा मन लाग्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउने छ । आर्थिक लाभ हुने र भाग्यले विभिन्न अवसर जुराउने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आजबाट शुभ कार्यको थालनी होला । आर्थिक कारोवारमा सफलता पाइएला । वाक्चतुर्याईले सङ्कल्पसिद्घ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज भाग्यले विभिन्न अवसर जुराउनेछ । नयाँ योजना र अवसर पनि मिल्ने छ । घरमा अतिथीको आगमन हुनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

 
 
  
 

You may also like