- सन्तोष पौडेल
गुल्मिको गाउमा हाम्रो घर थियो, २०५१ साल बैशाख १ गते काे हो मेरो बाबा जागिरको शिलशिलामा भारतको नया दिल्लि हुनुहुन्थ्यो करिव एक हप्ता मात्र भएको थियो बाबा फर्किनु भएको ! फर्किनु अघि बाबाले हाम्रो घरमा रु १५००० पर्ने लैनो भैसि किनेर छोडनु भएको थियो ! बारिमा गहु पाकेको थियो म अनि मेरो बैनि हरु थियौ सानि बैनि महिना कि हामि सानै थियौ गहु काटेर बारिमै थियो बिहान करिब ४ बजेतिर आकाशमा सन्नाटा छायो लाग्दै थियो पुरै आकाश नै खस्ने जस्तो गरि अनि अपृय घटना हुदैछ , बिजुलि चम्केछ , एक तहरो पानी पनि परेछ ।
चटयाङ परेछ मम्मि पहिला उठनु भएछ अनि भडकेलि मिना भाउजु लाइ पनि गुहार माग्नुभएछ बारिमा रहेको गहु लाइ सुरक्षित गर्नको निम्ति भाउजुले पनि सहयोग गर्नु भएछ अनि घर फर्किनु भएछ , बैनि र म सानै भएको हुदा हामिलाइ उठाउनु गहुको थन्को लगाइसकेपछि बिहानि काम सुरु गर्नु भएछ भैसिलाइ बिहान एक खडकरा पानी र दाना दिनको लागि आगो सल्काइ आफु घरको लिपपोत अनि अन्य काममा लाग्नु भएछ ।
हतार हतार गहु सुरक्षित गर्दा आगोको धुवा जाने जुन चिम्नि हुन्छ तेस्मा गहुको खात पर्न गएछ घर र गोठ सङ्सगै थियो टासियकाे घरमा टिन लगायको छाप्रो थियो गोठमा खरको छानो थियो एक्कासि आगोको राप अनि धुवाको तातोले गर्दा नभन्दै गहुमा आगो सल्कियछ जुन कुरा मम्मि लाइ थाहानै थियन । आगो दन्कियो गोठमा भएका पराल पोस्कर खर काठ दाउरा सबै सबै मम्मि चिच्याउनु भो हतार हतार हार गुहार माग्नुभो बैनिहरु र मलाइ बाहिर निकाल्नु भो गाउलेहरु जम्मा भए आगो निभाउने कोसिस जारि रहिरयो अफसोच भैसिको दाम्लो काटन सकेनछन भैसिको पाडाे अनि मम्मि बैनि र म हामिलाइ केहि भएन आखाको अगाडि नै भैसिले देह त्याग गरेयो बैशाखकाे १ गते झिस्मिसि उज्यालो हुदै थियो ।
गाउलेहरुको अथक प्रयासका बाबजुत घरको लैनो भैसिले देह त्याग गरेयो । गोठ जलेर क्षणभरमै खरानि भयो के आपत आइलाग्यो हामिमा अहिले सोच्दा पनि आङ सिरिङग हुन्छ , रह्यो कुरा बाबालाइ खबर गर्ने त्योबेलामा टेलिफाेन नजिक थियन नत गाडिकै सहजता मेरो साइलो अन्कल र मम्मि भएर बाबालाइ खबर गर्न रिडि जाने कुरा भयो गाउलेहरु फर्किय बैनिहरु र म छिमेकि को घरमा गएर बसेउ भडकेलि बाको घरमा गाउलेहरु मलिन अनुहार बनाउदै घरतिर लागे मम्मि र अन्कल रिडि तिर बाबालाइ खबर पुर्याउन जानुभो । मेरो घरदेखि रिडि बजार करिब २० किलाेमिटरकाे दुरिमा थियो ठुलि बैनि र मैले भडकेलि बाकाे घरमा बिहानकाे खाना आटाे र तरकारि खायौ। अन्कल र मम्मि जसो तसो रिडि पुग्नु भएछ तर टेलिफाेन बिगरियको रहेछ अब टेलिफाेनकाे बिकल्प बुटवल मात्र थियो , अन्कल बुटवल जाने सल्लाह गरेर बिचरा मम्मि रुदै रुदै घरतिर फर्किनु भयो, मामा घर नजिक थियो पछि हजुरआमा र सानिमा आउनु भयो अनि बैनि र म पनि हजुरआमा र सानिमा सङै घर फर्कियौ ।
शारदा सानिमा हामि सङै बस्नुहुन्थ्यो ममि लाइ सहयोग हुने अनि हाम्रो पनि रेख्देख हुने सम्योगले सानिमा त्यस्दिन हामि सङ हुनुहुन्थेन । मम्मि पर्कियपछि सबै कुरा भन्नुभो रिडिका कुराहरु यस्तै करिब मध्यान १२ बजे घर पुग्नु भएको थियो, के खानु भो वा खानु भएन केहि थाहा भएन हामि बच्चै थियौ सोध्नपनि ! बाबा दिल्लिदेखि पुन १० दिनमा घर आउनु भो रोदनभो परिबारमा त्यस्पछि बाबाको दिल्लि यात्रामा पुर्नबिराम लाग्यो घरमै बस्ने खेतिपाति गर्ने नया घरबनाउने गाेठ बनाउने, मिल राख्नेर दैनिकि चलाउने काम भए त्यस्बिचमा हाम्रो परिबारमा ७ जना थियौ २ भाइ ३ बहिनि । पछि बलेटकसारमा देबनारायण अन्कल, नारायण अन्कल अनि रानिबासमा पनि बिधालयको पहलमा टेलिफाेन आय। म दुध बेच्न बलेटकसार जान्थे , नारायण दाइ र म मिलेर जान्थय उखु शुन्तला बेलाउति हाम्रा खाजा हुन्थे गाउमा म नारायण दाइ सङ अलि नजिक थिय हामि खुबै मिल्थिम कहिले काहि झगडा नि गर्थेय ।
क्यासेटकाे रिल उलटपुलट पालै पालो गर्थिम । हाम्रो घरमा बाबाले ल्यायको ठुलाे टेप थियाे हरेक बिहान उठने बितिकै आरति लगाउने ॐ जय जगदिशहरे सुन्दै बाबा मम्मि काम गर्नु हुन्थ्यो पछि ६ बजेको समचार , रेडियाे बन्द हुन्थेन हामि बिधालय जाने बेला सम्म , गाउमा पहिलो पटक टेपरिकाेट हाम्रो घरमा मात्र थियो बमबहादुर कार्कि, प्रेमराजा महत, हरिदेबि कोइराला लगायतका गितका क्यासेट बजि रहन्थे । तेस्मा नानाथरि गर्दै मैले टेप खोल्ने रिल निकाल्ने , गित रेकड गर्ने गर्थे, एउटा अर्को अबिश्मरणिय कहानि पनि छ ।
नारायण दाइको पनि दाइ भिम्मल दाइ सङ अलि पहिला म दुध बेच्न जान्थे दाइले मलाइ बिजलि खैनि चखाउनु भाथ्यो । भाइ पहिला चपायर खाउ पछि गुलियो हुन्छ मुख , मैले पनि भने जस्तै गरे के को गुलियो हुनु पुरै रिङटा पो लाग्यो !जनबोधा उच्च मा बि देखि म एस. एल. सि. पास गरेपछि बुटवल झरे बजारमा पोषटपेड मोबाइल मोबाइल बोक्ने कमै मात्र थिय , बोक्ने तरिका पनि बेग्लै थियो । पापाइनटकाे गोजिको माथि तिर बेलटमा राखेर मोबाइल हिडदा ठुलै मान्छे लाग्थ्यो तस्तै २०६२ साल तिरको कुरा हो नेपाल टेलिकमले प्रिपेड सिम बुटवलमा बाडन थालेको समाचार आयो अनि मान्छेहरु पहिलो रात देखिनै लाइन लगाय कोहि त चटईमै सुति सुति लाइन लगाय लाइ यति धेरै थियो ।
करिब ३ हजार जना भन्दा ठुलाे लाइन थियो त्यै लाइन्मा मेरो पिताम्बर मामा नि हुनुहुन्थ्यो म मामालाइ पालो दिन पनि गएको सम्झना छ । तालिमको शिल्शिलामा म राजधानि जादा मेरो नामकै साथि हुनुहुन्थ्यो उहाको मोबाइल देखि पहिलो पटक मैले ल्यानडलाईनमा रानिबास फोन गरेको थिय। पछि तेइ मोबाइल साथि सङ मागे अनि मैले पनि नया सिम निकाले त्यो पनि पावर लगायर भैरहवा देखि उहा नेपाल टेलिकमकै कर्मचारि हुनुहुन्थ्यो दिल बहादुर आचार्य मलाइ भान्जा भन्नुहुन्थ्यो अनि बच्चा हासेको हा हा हा हा हा हा….. मोबाइलमा राखे म पनि मोबाइल बोक्न थाले औधि खुशि लागेको थियो ।
मलाइ त्यो बेला सिम लिनको लागि जोर्ते बिस्नु दाइ र म उहाको पल्सर बाइक म आफैले कुदायर गएका थियौ ! पछि गाउ गाउमा टेलिफाेन भन्ने नारा आयो कृष्ण बहादुर महारा सन्चार मन्त्रिभएको बेला हो फेरि सिडिएमय सिम निकाले अनि मोबाइल पनि सस्तै थियो । सामान्य र मेरो घर गुल्मिमा पठाई दिय मलाइ याद छ । पहिलो पटक उक्त मोबाइलमा बाबा मम्मि अनि भेसराज दाइ सङ कुरा भएको थियो । मेरो गाउमा पहिलो पटक मोबाइल मेरै घरमा थियो ।
त्यस्पछि त छिमेकिहरुका खबर हरु बाबाले गर्दिनु हुन्थ्यो , फोन गर्न पनि मेरै घरमा आउथे गाउलेहरु , टिभि भने हाम्रो गाउमा पहिले नै थियो । पोखरी नारायण अन्कलको मा त्यसपछि हाम्रोमा अनि त्यो बेला महाभारत भन्ने आउथ्यो हप्ता हप्तामा लाग्थ्यो । मेरो घर सिनेमा घर जस्तै सबै छिमेको भेला हुने अनि महाभारत हेर्ने पछि पछि भाडामा फिल्म्का भिसिआर, सिडि, डिभिडि घरमा नै लगेर हेर्थेउ !! अहिले पुरानो माहौल फेरिएको छ ।
सबैका घरमा मोबाइल ,टिभि त्यो पनि बिभिन्न कम्पनिका आजकल टिभि हेर्नै पर्दैन नेपालमा यति छिटटै सुचना प्रबिधि को बिकास भएको छ अहिले सबैको हातमा टेलिफाेन छ टिभि छ कास मेरो घरमा त्योदिन पनि यस्तै सेवा सुबिधा भएको भए ! एउटा घरमा पनि प्रत्येकका हातमा मोबाइल बच्चाको पनि छुटटै मोबाइल वा रे दुनिया कति छलाङ मारिस अब त एउटा घरमा नै खाना खान आउन चिया खान आउन पनि टेलिफाेन छ !! कुनै जमाना पनि थिए । कुनै भेला वा केहि सन्देश दिन्को लागि हाक हाल्ने चलन थियो । मेला पात जान बन जङल घास दाउरा लिन जान हो हल्ला गर्ने मिति बार तय गर्ने दिन थिए लगाइदिएको छ। पलपलमा हातमै देश दिदेशका गाउ गाउका , ब्यक्ति ब्यक्तिका सबै खबरलाइ घरका प्रत्येक सदस्य हरुको हात हातमै काेठा-काेठामै पुर्याउन सफल भएको छ। आजकाल को दुख सुखको साथि मोबाइल बनेको छ। तमासा देखाइएको छ।
मोबाइलले सिङो जगतलाइ अहिले सुचना प्रबिधिको छलाङले म पनि दङग छु बिस्वभर महामारिको रुपमा फैलिएको कोभिड -१९ कोरोना भाइरसको लकडाउनकाे फुर्सदले यो सबै कहानि लेख्ने अवसर मिलेकोमा ! कतिपय नराम्रा कुराहरु बाहेक अरु धेरै सबै कुराहरुमा अहिले बिस्व जगत सङ्सङै नेपाल पनि सुचना प्रबिधिमा अगाडि बढि रहेकाे छ मोबाइल रिचाज गर्न बिजुलि पानीको पैसा तिर्नतिर्न,आफुलाइ प्रयोग हुने जस्तोसुकै सामग्री हरु अनलाईन देखि खरिद गर्न , बिना लाइन बिना झन्झट बिधुतिय माध्यम देखि आफुखुसि आफुअनुकुल बैकको काम पनि घरमै बसि बसि गर्न सक्ने बनाइदियको छ , नेपाल का पुराना बैक हरुका ढडडा सिसटम, टाेकन सिसटम , लाइन बस्ने बानि , पैसा बोकेर हिडने बानि सबै बिस्थापित हुने क्रममा छ्न , यदि यसको सहि सदुपयोग हुने हो भने र यस्मा कुनै पनि किसिमका समस्या हरु नआउने हो भने आशा गरौ ,अब नेपाल पनि सुचना प्रबिधिक तिब्र प्रयोग गर्दै अघि बढने छ !! अन्त्यमा बिस्व मा फैलियको कोरोनाको कहर देखि बच्नको लागि हामि सबै आजै देखि बिधुतिय कारोबारमा सामेल बन्नै पर्दछ तब मात्र देशले पनि विकासको फड्को मार्ने छ।
बिधुतिय काराेबार गर्न आफु पनि सिकौ ! अरुलाइ पनि सिकाउ तब मात्र देशले पनि विकाशको पथमा फड्को मार्ने छ !! जय देश , जय जननि !!