बुटवलका एक व्यवसायी द्धारा तिनाउ एफएममा कार्यरत पत्रकार तथा कर्मचारीहरुलाई स्वास्थ्य सामाग्री प्रदान

नारायण वली
रुपन्देही । बुटवलका एक कपडा व्यापारीले तिनाउ एफएममा कार्यरत पत्रकार तथा कर्मचारीहरुलाई कोरोना भाईरस (कोभिड–१९) को संक्रमण वाट वच्चका लागि भन्दै स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको छ ।

अहिले विश्वका २ सय १२ वटा देशहरुमा फैलिसकेको कोरोना भाईरस (कोभिड–१९) महामारी भाईरसको जोखिम वाट वच्न देशभर गरिएको लकडाउनमा समाचार संकलनमा अग्रस्थानमा रहेर काम गर्ने पत्रकारहरुका लागि स्वास्थ्य सुरक्षाको लागि केही सहयोग पुगोस् भनी उक्त स्वास्थ्य सामाग्री प्रदान गरेको व्यवसायी जैसवालले वताउनु भएको छ ।

यस्तै जय माता दी एम्युजमेन्ट प्रालीका सञ्चालक जैसवालले आफुले पहिलो पटक यसरी सञ्चार क्षेत्रमा सहयोग गरेको वताउँदै आफुले यो महामारीको समयमा लकडाउन गर्दा दैनिक ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्दै आएका तर अहिले काम गर्न नपाएर प्रभावित वन्न पुगेका विपन्न परिवारहरुलाई खाद्यान्न सहयोग गर्दै आएको वताउनु भएको छ ।

बुटवलको नेपालगंज स्थित फेन्सी कपडा पसल रहेको जैसवालले आफ्नो व्यक्तिगत रकम वाट सहयोग गर्दै आएको जनाउँदै, सम्वन्धित स्थानिय टोल विकास समिति र जनप्रतिनिधहरुको सहकार्यमा सो खाद्यान्न वितरण गर्दै आएको उहाँको भनाई रहेको छ । यसैविच जैसवालले आज बुटवल–११ देविनगरमा विपन्न दुई घरपरिवारलाई पनि खाद्यान्न सहयोग गर्नुभएको छ ।

 
 
  
 

You may also like