ओलीको विधेयक र उनका कार्यकर्ता

  • सुमन अधिकारी

प्र.म. ओलि गर्वपूर्वक खुलेरै भन्दैछन : आफ्नो पार्टी होइन, अरू नै पार्टी फुटाउन विधेयक ल्याइएको हो अर्थात: हाम्रो घर भत्काउन होइन अरु कसैको घर भत्काउन विधेयक ल्याइएको हो , हाम्रो स्वास्नी होइन अरु कसैको स्वास्निलाई लक्षित गरेर विधेयक ल्याइएको हो।
प्रम केपि ओलिको घटिया चित्त र प्रवृत्तिको नाँङ्गो रुपले स्खलन भएको छ अहिले । ओलिको विकृत आन्तरिक मनोविज्ञान बुझ्न अब थप सहज भएको छ। ओलिलाई कतिपयले परस्त्री सँग जोडेर औंला उठाउँथे तर यो अप्रमाणित आरोपमा कसैको विश्वास हुने कुरो भएन, स्वयम् माधवकुमार नेपालले विहानै जाँड धोकेर विधवा ताक्ने भनेर घुमाउरो भाषामा ओलिलाई चरित्रहिनको आरोप लगाएका छन, माकुनेले संकेत गरेको विधवा को हुन ? उनले खुलाएका त छैनन तर ओलिको पछिल्लो कदम र घटिया अभिव्यक्तिले माकुनेको आरोपलाइ बल प्रदान गर्छ। जाँड र ओलिको सम्बन्ध बारे ओलिका सहकर्मी राधाकृष्ण मैनालिले पनि खुलेर बोलेका छन तर उनले माकुने ले जस्तो परस्त्री सँगको अनैतिक सम्बन्ध बारे बोलेनन । ओलिकै अभिव्यक्ती बाट एउटा कुरा के प्रष्ट भयो भने ओलि हरहमेशा अर्काको ……. पट्टि चासो राख्छन , त्यो अर्काको …जे पनि हुन सक्छ सजिव वा निर्जिव ।

बुढापाकाको यो अर्ति कतिपयलाई फगत रुढिवादी लाग्न सक्छ तर बुढापाकाको यो भनाई गहिरो मनोवैज्ञानिक तथ्यमा आधारित छ , मेरै हकमा लागू हुन्छ मनोवैज्ञानिक अर्थ बोकेको बुढापाकाको यो भनाई ।

मनोविज्ञानको सिद्धान्त कहिंकतै रत्तिभर फेल खाँदैन। हाम्रो समाजमा पुराना बुढापाकाहरुले आफ्ना छोराछोरी हरुलाई सदैव चेताइरहेका हुन्छन : पानी धेरै खर्च नगर्नु , गाग्री बाट अम्खोरामा पानी सार्दा पानी बाहिर नपोख्नु … पानी अनावश्यक खर्च गर्ने घरमा “सह” रहँदैन , त्यो घरमा पैसा रहँदैन , जसले पानी जोगाउन सक्दैन उसले पैसा जोगाउन सक्दैन । बुढापाकाको यो अर्ति कतिपयलाई फगत रुढिवादी लाग्न सक्छ तर बुढापाकाको यो भनाई गहिरो मनोवैज्ञानिक तथ्यमा आधारित छ , मेरै हकमा लागू हुन्छ मनोवैज्ञानिक अर्थ बोकेको बुढापाकाको यो भनाई । मैले जीवनमा कहिल्यै पानी जोगाउन जानिन अर्थात हमेशा गाग्री बाट अम्खोरामा पानी सार्दा बाहिर पोखेकै हुन्थें , पानीको उपयोग गर्नुपर्ने अन्य काममा पनि यहि वृत्ती रह्यो , मैले सदैब बाउ आमाको गाली खाएँ पानीको सन्दर्भमा, यसको छायाँ र प्रभाव पैसामा पर्यो , मैले कहिल्यै पैसा जोगाउन जानिन । जब परिस्थितिले मैले तुलनात्मक रुपले अलि बढी पैसाको ख्याल राख्न थालें यसको प्रभाव पानी मा पनि पर्यो , मैले पानी बचाउने ख्याल पनि गर्न थालें । पानी सँग गरिने व्यवहारको असर पैसाको सन्दर्भमा पनि सिधा रुपले पर्दो रहेछ , पैसा सँग गरिने व्यवहारको असर पानीको सन्दर्भमा पनि पर्दोरहेछ । पाडो खानेले बाच्छो छोड्दैन भन्ने त प्रचलित उखान नै छ , उखान टुक्कामै महारथ हासिल प्रम ओलिलाई यो उखान कन्ठ नहुने त कुरै भएन , यसको अर्थ उनलाई के पनि थाहा छ भने अर्काको सांसद ताक्नेले अर्काको स्वास्नी पनि ताक्छ ! पात्र र वस्तु गौण हुन चित्तको दिशा महत्वपूर्ण पक्ष हो , उनको चित्तको दिशा अब छताछुल्ल भएको छ । काग बाठो हुँदा गुहु खान्छ भनिन्छ … उनी बाठो बनेर आफैंलाई चरित्रहिन घटिया मनुष्य प्रमाणित गरेका छन । कसैलाई यसप्रती संदेह भए दिग्गज मनोविश्लेषक कहाँ गएर सोधे हुन्छ ।

गज्जवको कुरा त के छ भने ओलिले दिएको अभिव्यक्तिलाई उनका भक्तजनहरुले गर्वपूर्वक दोहोर्याइरहका छन मानौं कि प्रम ओलिले विश्वमै अदभूत र महान काम गरे ! हल्लुडेहरु उफ्रदैछन : हाम्रो पार्टिलाई लक्षित गरेर , हाम्रो पार्टी फुटाल्न यो विधेयक ल्याइएकै होइन ! अर्थात अर्काको पार्टी फुटाल्न ल्याइएको हो । अब दुई तिहाई छ भनेर फुर्ती लाउनेहरुलाई अर्काको पार्टी फुटाल्न पर्ने जरुरी किन आइपर्यो ? त्यो पनि यस्तो विश्वव्यापि संकटको समयमा !

नागरिकहरु जीवन मरणको जोखिममा छन तर प्रम ओलि यत्तिका दिन सम्म के सोंच्दै बस्दारहेछन त ! यस्तो तल्लो स्तरको नीच र संकुचित मनस्थिति पाल्ने केपि ओलिलाई महान राजनेता भन्ने हल्लुडे बर्ग पनि छ , कतिपय हल्लुडेहरुले ओलिलाई दोस्रो नेल्सन मन्डेला भन्न भ्याए

सबैलाई थाहा छ विश्व कोरोना महामारिको संकटमा छ , मानव जातिको अस्तित्व नै संकटमा छ , पुरै विश्वको नागरिक कोरोना बाट कसरी मुक्त हुने बारे चिन्तित छन , पुरै देशको नेतृत्व कोरोना महामारिको रोकथाममा आफ्नो बलबुताले भ्याए सम्म लागिपरेका छन तर दूर्भाग्य भन्न पर्छ : यो देशको प्रधानमन्त्रीको चासो र चिन्ता कता रहेछ ! नागरिकहरु जीवन मरणको जोखिममा छन तर प्रम ओलि यत्तिका दिन सम्म के सोंच्दै बस्दारहेछन त ! यस्तो तल्लो स्तरको नीच र संकुचित मनस्थिति पाल्ने केपि ओलिलाई महान राजनेता भन्ने हल्लुडे बर्ग पनि छ , कतिपय हल्लुडेहरुले ओलिलाई दोस्रो नेल्सन मन्डेला भन्न भ्याए , मन्डेला गोराहरु द्धारा २७ वर्ष लामो कठोर र यातनापूर्ण कारावासको सजाय भोगेर पनि जब उनी सत्तामा आए , गोराहरु प्रती रत्तिभर बद्लाको भाव राखेनन बरु गोराहरु सँग हातेमालो गर्दै , उनिहरुको प्रतिभाको उपयोग गर्दै देश निर्माणमा जुटे , गोराहरु प्रती उदार भाव राखेकै कारण आफ्नै अनुयायी , सहकर्मीहरु बाट चरम आलोचित भए , तर मन्डेलाले यी सब सहजरुपले पचाईदिए , फलस्वरूप दक्षिण अफ्रीका अहिले हरेक क्षेत्रमा विकसित देशको सूचिमा दरिएको छ ।

एउटा छुद्र चित्तका धुर्तलाई मन्डेला सँग तुलना गर्दै महान राजनेताको पगरी भिराएर नेल्शन मन्डेलाको विराट उदारता र राजनेता शब्दको अर्थ र मर्मकै बेईज्जती गर्ने हल्लुडे जत्था केपि ओलि बदनामिको कुन्डमा चुर्लुम्म डुबेर टुप्पी मात्र देखिउन्जेल सम्म पनि ओलिको स्तुतिको गीत गाउनेछन । पछिल्लो प्रसंगले नेपाली समाजमा चरित्रहिनता , फट्याइँ , छल , कमिसनखोरी र अपराधिकरणलाई सहज रुपले पच्दै गएको देखिन्छ जुन शुभ-संकेत पक्कै होइन ।

 
 
  
 

You may also like