प्रधानमन्त्री अध्यादेश फिर्ता लिन सकारात्मक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफैले ल्याएको अध्यादेश फिर्ता लिन सकारात्मक भएका छन् । बिहीबार बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहासँगको भेटमा उनले अध्यादेशले नकारात्मक विवाद सिर्जना गरेको भन्दै आफू फिर्ता लिन तयार भएको नेकपा उच्च स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीले पार्टीका शीर्ष नेता र निकट कानुन व्यवसायीहरुसँग यस विषयमा छलफल पनि थालेका छन् । आज (बिहीबार) बिहानै उनले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाललाई पनि भेट गरेका छन् ।

संविधानको धारा ११४ को उपधारा २ ’ख’ मा सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश खारेज गर्न सक्ने व्यवस्था छ । राष्ट्रपति कार्यालयले पनि बिहीबार नै केही कानुन व्यवसायीलाई अध्यादेश फिर्ता लिनेबारे छलफल गरेको स्रोतले जानकारी दिएको छ ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले अन्य दल फुटाउनका लागि अध्यादेश ल्याएको बताएका थिए । अध्यादेश लगत्तै समाजवादी र राजपाबीच बुधबार एकता भई निर्वाचन आयोगमा दल दर्ता समेत भइसकेको छ ।

 
 
  
 

You may also like