” म चुरोट अनि मेरी प्रेमिका “

  • सुमन अधिकारी

आज राति खान्छु , अनि भोली देखि छोड्छु | जसरी पनि यो पटक छोड्छु छोड्छु | म छोड्न चाहन्थे तर सक्दिन थिए , म प्रतिज्ञा गर्थे तर बिर्सिहाल्थे | म नसा बाट मुक्ति चाहान्थे तर मेरा सबै प्रयासहरु असफल हुन्थे आज राति खान्छु , अनि भोली देखि छोड्छु | जसरी पनि यो पटक छोड्छु छोड्छु | यो मेरो कत्ति औं प्रतिज्ञा थियो म सँग तथ्याङ्क थिएन | बरु उसले राखेकी रहिछे अन्तिम पटक कसम खाँदै अब छोड्छु भन्दा ८५ पटक भयो भन्थी | मलाई भन्दा बढी उसलाई चिन्ता थियो मैले धुवा तानेको |

नछोडे बोल्न छोड्ने देखी रिलेसन तोड्ने सम्मका हर्कत गरी | एक पटक त म पनि थाल्छु भन्दै मेरै सामुन्ने सल्काई | मैले थुतेर फाल्दिए फेरी अर्को सल्काई | त्यो दिन मैले फेरी प्रतिज्ञा गरे अब देखि कहिल्यै खान्न तर त्यहीँ राती पाटीको निम्तो आयो |त्यो थाहा पाएर उ खुब रोई मैले अब चै खान्न भन्दै फेरी सम्झाए |

म छोड्न चाहन्थे तर सक्दिन थिए , म प्रतिज्ञा गर्थे तर बिर्सिहाल्थे | म नसा बाट मुक्ति चाहान्थे तर मेरा सबै प्रयासहरु असफल हुन्थे |

नयाँ वर्षलाई , नयाँ दिनलाई ,पर्वलाई , साथि गए पछी , पाटि सक्कियोस , परिक्षा , रिजल्ट सबै शुभ साईतमा म छोड्ने संकल्प गर्थे | राति खाएर छोड्छु भन्न सजिलो थियो तर बिहान उठ्ने साथ दिमागमा चुरोट घुम्थ्यो त्यतिबेला सारै गाह्रो हुन्थ्यो |दिमागमा चुरोट बाहेक अरु केही आउदै आउदैन थियो |
एकै पटक छोड्ने देखी, क्रमश कम गर्दै लान्छु सम्मका सबै प्रयासहरु मैले गरिसकेको थिए |चुरोटको विकल्पमा खैनी , मधु खान थाल्ने काम पनि नगरेको हैन | ८ वटा लाई घटाएर २,३ वटामा झार्छु | अनि जिम जान्छु र सबै छोड्छु यी सबै भनिए तर गरिएन|

एक दुई दिन नछोडेको पनि हैन , जबर्जस्ती मनलाई नदबाएको पनि हैन तर मन त कसरी मार्नु हौ भन्ने विचारले प्रमुखता पायो |
कहिले साथी खादै आएको देख्दा खाए , कहिले चुरोटको बिज्ञापन देख्दा खाए | कहिले मौसमले च्यालेन्ज गर्यो भन्दै खाए , कहिले आज एक दिन चै खान्छु भन्दै खाए | म प्रत्येक पटक खाँदा अब खान्न भन्थे तर एकैछिनमा प्रतिज्ञा तोडीहाल्थे |अर्को पटक खाँदा झस्किन्थे अगिल्लो पटक त खान्न भनेको थिए |

यी सबका बाबजुद मैले एक दिन चुरोट छोड्न सफल भए तर कसरी कुनै बेलाको चेन स्मोकर म दुई वर्ष देखि कुनै नशा लिन्न | मैले गरेका प्रयास र बिभिन्न अनुसन्धानले निकालेका तथ्यहरु तल प्रस्तुतु गरिएका छन् |

पक्कै पनि चुरोट स्वास्थ्यको लागि राम्रो हैन भन्ने लागेपछि तपाई चुरोट छोड्न प्रयास गर्दै हुनुहुन्छ | यहाँ निकोटिन शरीरले मागेर भन्दा पनि मन मार्न नसकेर हामी छोड्न सक्दैनौ | मनलाई दबाउनु आवश्य छ, मनलाई नियन्त्रण गर्नु पर्छ |

एक अनुसन्धानका अनुसार क्रमश कम गर्दै लगेर छोड्ने भन्दा एकै पटक छोड्नेहरु छोड्न सफल भएको देखिएको छ |

तर यो गल्ति नगर्नुहोस कि चुरोट छोड्न खैनी वा मधुको साहारा नलिनुहोस | बरु लुवांग , अलैची , चकलेट खान सक्नु हुन्छ |

चुरोट खाने साथीहरु सँग टाढा बस्नुहोस, बरु खाँदै नखानेहरु सँग संगत गर्नुहोस |

मैले खान छोडे भनेर सबैलाई भन्नुहोस |

जीम , योगा , ध्यान गर्न थाल्नुहोस | व्यस्त रहनुहोस | सुरुमै निर्णय गर्नुहोस कि छोडेपछि खान मन लाग्छ तर म खान्न |

उठ्ने बितिकै , खाना खाए पछी , मध्य दिनमा र राति धेरै चुरोट तान्ने समय हो त्यो समयमा आफुलाई नियन्त्रण गर्नुहोस |

अगि नै भने मुख्य कुरा मनलाई नियन्त्रणमा राख्न सक्नुपर्छ त्यसको लागि योगा , ध्यान,जीम उपयुक्त हुनसक्छ

 
 
  
 

You may also like