लायन्स क्लब अफ बुटवल क्षितिजद्वारा बुटवल उपमहानगरपालिकालाई मास्क र पन्जा हस्तान्तरण

बुटवल । विश्वभरी महामारीको रुपमा कोरोना भाइरसको संक्रमण फैलिरहेको विकराल अबस्थालाई मध्यनजर गर्दै लायन्स क्लब अफ बुटवल क्षितिजले बुटवल उपमहानगरपालिकामा दैनिक रुपमा सरसफाइ क्षेत्रमा कार्यरत कर्मचारीहरु हरेक दिन फिल्डमा जानू पर्ने र कोरोना भाइरसको जोखिममा पर्न सक्ने कुरालाइ ध्यानमा राख्दै उनीहरुको स्वास्थ सुरक्षालाई केन्द्रित गरेर ६० थान एन-९५  क्वालीटिको मास्क (पुनः प्रयोग गर्न मिल्ने), १०० थान सर्जिकल मास्क र २०० पिस मेडिकल पन्जा हस्तान्तरण गरेको छ ।

लायन्स क्लब अफ बुटवल क्षितिजका अध्यक्ष फवन लाकौलले बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुबेदिलाइ उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।

सामाग्री ग्रहण गर्दै प्रमुख सुबेदिले यो महामारीको अवस्थामा क्लबले गरेको सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै यो जटिल अवस्थामा आफू पनि सुरक्षीत रहेर सहयोग र सचेतनाका कार्यहरूलाई निरन्तरता दिन आग्रह गर्नु भयो भने क्लबका अध्यक्ष फवन लाकौलले आगामी दिनमा पनि क्लबले आफू सक्दो विभिन्न सहयोग तथा सामाजिक सचेतना सम्बन्धि कार्यहरु गर्दै जाने बताउनु भयो सो कार्यक्रममा जोन चियर पर्सन मिलन कुमार पुन , क्लबका सस्थापक अध्यक्ष राजिव श्रेष्ठ ,पुर्ब अध्यक्ष नारायण बहादुर थापा , प्रथम उपाध्यक्ष शंकर पाण्डे लगायत क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको लायन्स क्लब अफ बुटवल क्षितिजका द्वितीय उपाध्यक्ष आबिश्कार खनालले जानकारी दिनुभयो ।

 
 
  
 

You may also like