पर्वतका समाजसेवीले लेखे बिप्लब लाई खुला पत्र

by समतल अनलाइन

कमरेड नेत्र बिक्रम चन्दलाई खुलापत्र !

श्रदेय महासचिव कमरेड लाल सलाम ! आराम छु र आराम चाहन्छु ,बिशेश कारण आज खुलापत्र लेख्दै छु , कामरेड अहिलेको देशको परिस्थिति यहाँलाई सबै जानकारी नै छ ,सबै तिर अस्तब्यस्त छ ,भ्रष्टाचार ,घुसखोरि ,कमिसनखोरले समाज आक्रान्त छ ,सबै तिर अराजकता मात्र छ ,हत्याहिंसा ,बलात्कार ब्याप्त छ ,स्थानीय निकाय देखि माथिसम्म भ्रष्टाचारीहरुको बिगबिगी छ ,करको नाममा लुटतन्त्र मौलाएको छ। कोसी गण्डकी महाकाली सुस्ता ,कालापानी लिपुलेक हुदै अहिले एमसीसी को नाममा अमेरिकी साम्राज्यवाद र भारतीय बिस्तारवाद मुस्ताङ पुग्दैछ ! कामरेड देश यस्तो संगिन मोडमा छ ,सयौं क्रान्तिकारी नयाँ नेपालको सपना देख्ने कामरेडहरु जेलमा हुनुहुन्छ , लाखौंलाख युवाहरु बिदेशी भुमिमा रहनुपरेको पिडादायी स्थिति छ ।

आम नागरिकहरुमा उकुसमुकुस छ ,जनताको पक्षमा बोल्ने कोही छैनन् ,कहिलेकाही ज्ञानेन्द्र शाही बोल्छन् जनताले वाह वाह गर्छन् ,कहिलेकाहीँ पत्रकारीताको माध्यमबाट रबि लामिछाने जनताको पक्षमा बोल्छन् जनताले वाह रबि भन्छन् । कामरेड ! अहिले नेपाली जनताहरुले सारथि खोजिरहेका छन ,जसलाई बिश्वास गर्यो उही नेतृत्वबाट जनताहरुलाई धोका भएको कुरा यहालाई जानकारी नै छ ,बाघ जंगल बसि स्यालहरुको शासन सहन जनता बाध्य भइरहेका छन ,महान जनयुद्धमा सहभागी नागरिकहरुको बिहाल छ ,सहिद बेपत्ता घाइते परिवारजनको बेहाल भएको छ ,राष्ट्रियता झन भन्दा झन खतरामा परेको छ । श्रदेय कामरेड ! पार्टी बिभाजन पछिको यति समयसम्म महाकालीमा पानी मात्र बगेको छैन। ,होनहार कामरेडहरुको रगत समेत बगेको छ ,तर अबस्थामा तार्किक भिन्नता अाएको छैन त्यसकारण अब पार्टीले ऐतिहासिक भुमिका निर्वाह गर्न ढिलाइ गर्न हुदैन , २१ सौ शताब्दीका महान नेपाली जनताहरु सचेत छन । अब पार्टी भुमिगत भइरहन जरुरी छैन।

जनताहरुका वास्तविक नेताहरु भुमिगत हुन आबस्यक छैन ,कामरेड आउनु होस खुला राजनीतिमा र समाज परिवर्तन गर्ने भिजन दिनुहोस् ,जनताहरु तपाईंको नेतृत्वमा एकताबद्ध हुन तयार छन ,यदि बन्दुक बोक्नैपर्ने भयो भने पनि जनताहरु तपाईंहरुको साथमा हुनेछन् तर एक पटक बन्दुक नबोकी नयाँ सचेत जनक्रान्ति शुरु गरौं ,यश क्रान्तिले नै सारा भ्रष्टहरुको सत्ता माथि धावा बोल्ने छ ,लाखौंलाख नागरिक सडकमा आउने छन ,कामरेड यस्ता खालका क्रान्ति बिश्वका अरु देशका पनि चलेका र सफल भएका छन ,जब लाखौंलाख जनताहरुले तपाईंको नेतृत्वको जनक्रान्तिलाई साथ दिनेछन त्यो बेला सारा बिश्व भरका सामन्तहरु आए पनि क्रान्ति रोक्न सक्ने छैनन् । श्रदेय कामरेड ,अहिलेका जनताहरु बन्दुक चाहेका छैनन् ,तर आमुलपरिवर्तन चाहेका छन ,यस बिषयलाई गहिरो मनन गरि शान्तिपूर्ण राजनैतिक जनक्रान्तिको नेतृत्व लिन खुला अपिल गर्न चाहन्छु !!!!

तपाईंको शुभचिन्तक रामकृष्ण शर्मा फलेवास पर्बत !

 
 
  
 

You may also like