नेपालको नक्सालाई ‘केक’ बनाएर काटेपछि प्रधानमन्त्रीको चौतर्फी आलोचना

by समतल अनलाइन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मदिनमा नेपालको नक्सा बनाएर केक काटेपछि उनको चौतर्फी आलोचना भएको छ ।

ओलीले आफ्नो ६९ ‌औँ जन्मदिन मनाउनकै लागि आईतबार तामझामसाथ हेलिकप्टर चढेर तेह्रथुमको आठराई पुगेका थिए । उनले जन्मोत्सव मनाउने क्रममा नेपालको नक्सा काटेर जन्मदिन मनाएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ ।

सामाजिक सञ्जाल फेसबुक, ट्वीटर लगाएतका सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीलाई कटाक्ष गर्दै स्टासहरु पोष्ट गरिएका छन् । ओलीले आफ्नै पार्टीको आचारसंहितालाइृ समेत लत्याउँदै तडकभडकका साथ जन्मदिन मनाएका थिए ।

चार हेलिकोप्टरमा दलबलसहित पुख्यौली घर तेह्रथुमको आठराई पुगेर ओलीले त्यहाँ पनि १५ किलोको केट काट्नुका साथै, करिब ६ हजारलाई भोज समेत खुवाएका थिए।

उनको जन्मदिन मनाउने शैलीलाई लिएर सामाजिक सञ्जालमा लेखिएका केहि पोष्टहरु
:

 
 
  
 

You may also like