कुर्घा–रुपन्देही सम्पर्क समाज द्वारा रक्तदान तथा डाईरेक्टरि बिमोचन कार्यक्रम सम्पन्न

by समतल अनलाइन

बुटवल। कुर्घा–रुपन्देही सम्पर्क समाजको आयोजनामा शनिबार बुटवलमा रक्तदान तथा डाईरेक्टरि बिमोचन कार्यक्रम सम्पन्न भएको छ । समाजका अध्यक्ष तेजनारायण अर्यालको अध्यक्षता र प्रदेश सभा सदस्य खड्कबहादुर खत्रीको प्रमुख आतिथ्यतामा बुटवल रक्तसञ्चार केन्द्रको सभाहलमा सम्पन्न भएको हो ।

कार्यक्रममार्फत् ७१ युनीट रगत संकलन भएको आयोजकले जानकारी दिएको छ । कार्यक्रममा रक्तदाताहरुलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रममा समाजले प्रकाशन गरेको डाईरेक्टरी बिमोचन गर्दै उपस्थितीहरुलाई वितरण गरिएको थियो ।


कार्यक्रममा गुल्मी–मालिका–कुर्घा–रुपन्देही सम्पर्क समाजका कार्यबाहक अध्यक्ष डा. नारायण प्रासाद पन्थ, त्रिभुवन माध्यमिक विद्यालयका शिक्षक गोपाल रायमाझी, पौंदीअमराई सम्पर्क समाजका अध्यक्ष लिलाधर गौतमलगायतले बोल्दै रक्तदाताहरुलाई धन्यबाद ज्ञापन गरेका थिए । भेषराज शर्माको स्वागत रहेको उक्त कार्यक्रमको सञ्चालन प्रकास थापाले गरेका थिए

 
 
  
 

You may also like