बाल बिवाह विरुद्ध सैनामैनामा सचेतनामूलक र्याली हुने

by समतल अनलाइन

शिब अधिकारी
सैनामैना । रुपन्देहीको सैनामैनामा रहेको सैनामैना वडा स्तरीय बाल क्लबको आयोजनामा बाल बिवाह बिरुद्ध सचेतनामूलक बृहत् र्याली हुने भएको छ । सैनामैना नगरपालिका वडा नं ८ मा रहेको बाल क्लबले शनिबार बाल बिवाह बिरुद्ध सचेतना मूलक र्याली निकाल्ने भएको हो ।

विगतमा छोरीको गोडा अर्थात खुट्टाको जल छोरी महिनावारी नहुदै खाएमा मोक्ष प्राप्ति हुने धार्मिक मान्यतालाई आधार मानी घर परिवारबाट नै बाल बिवाह गरिदिने प्रचलन रहेको थियो । वर्तमान परिभेषमा अभिभावक सचेत हुँदा बालबालिकानै विभिन्न प्रकारका लालच,पैसाको प्रलोभन, माया , प्रेम लगायतमा फसेर घरपरिवारको सल्लाह बिना उमेर नपुग्दै बाल बिवाह गरेर जाने गरेका छन् ।

घर परिवारले सम्झाउदा बालबालिकाले बिवाहा गर्न दिनुस नत्र म आत्महत्या गर्छु भनी धम्की दिएर आफैंले बाल बिवाहलाई प्रश्रय दिएको अभिभावकको गुनासो रहेको बेला वडा स्तरीय बाल क्लबले सचेतनामूलक र्याली निकाल्न लागेको हो ।

र्याली आगामी शनिबार बासगढी चोक देखि सुरु भई कलौनी हाट बजारमा कोणसभा गरि सम्पन्न हुने सैनामैना वडा स्तरीय बाल क्लबका अध्यक्ष शिबु भण्डारीले बताए । उनले सचेतना र्याली प्रति सबैको सकारात्मक सुझाव आएको भन्दै सैनााैनाका विद्यालय , बाल क्लब , युवा क्लब , संघ संस्थालाई कार्यक्रममा सरिक हुन आग्रह गेका छन् ।

बाल मैत्री नगर धोषणा गर्ने विभिन्न आधारभूत सुचकहरु पार गर्नुपर्ने हुन्छ । बाल बिवाह न्यूजिकरण भएन भने पनि बाल मैत्री नगर बन्दैन । सैनामैना नगरपालिकाले नगरलाई बाल मैत्री नगर धोषणा गर्न नगर , वडा र टोलमा बाल क्लब गठन गरेको छ । नगर , वडा र टोलमा गठित बाल क्लबले बाल मैत्री स्थानीय शाशन अनुसार कार्यक्रम गर्दै आएका छन् ।

 
 
  
 

You may also like