बुटवलमा पुस्तक प्रदर्शनी जारी

by समतल अनलाइन

श्यामलाल पोखरेल
बुटवल । प्रगतिशील लेखक संघ नेपाल रुपन्देहीको आयोजनामा बुटवलमा साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनी जारी छ । हिजोदेखि शुरु भएको साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनी भोली सकिकदै छ ।

पछिल्लो समय साहित्य अनुरागी बढेपनि पठन संस्कृति कमजोर बन्दै गएको छ । पठन संस्कृतिको विकास गर्ने उद्वेश्यले बुटवलमा पहिलो पटक साहित्यक महोत्सव तथा पुस्तक प्रदर्शनीको आयोजना गरिएको हो । नयां पुस्तालाई पुस्तक पढ्ने बानीको विकास होस् भन्ने उद्वेश्यले पुस्तक प्रदर्शनीको आयोजना गरिएको प्रलेस रुपन्देही सचिव श्यामलाल पोखरेलले बताए ।

पुस्तक प्रदर्शनीको दास्रो दिन शनिबार विभिन्न विषयमा छलफल गरिएको छ । सहरको सभ्यता रामचन्द्र श्रेष्ठ, समकालिन साहित्यबारे प्राध्यापक दिल साहानी, श्रष्टा, साधना विषयमा प्राध्यापक हुमाकान्त पाण्डेय, साहित्यको बजार प्रभाव डाक्टर मुरारि पराजुली र बुटवलको इतिहांसबारे विमलबहादुर शाक्यले चर्चा गरेका थिए ।

पुस्तक प्रदर्शनीको दोस्रो दिन शसनबार २ हजार बढीले अवलोकन गरेको र ८० हजारको पुस्तकहरु बिक्री भएको अध्यक्ष दलबहादुर गुरुङले जानकारी दिए ।

 
 
  
 

You may also like