सुनौलो बिहानी फुर्तिलो समुहको रक्तदान,७० युनिट रगत संकलन

by समतल अनलाइन

बुटवल । सुनौलो बिहानी फुर्तिलो समुहको आयोजनमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

समुहका अध्यक्ष अनन्तमान थैबको अध्यक्षता, नेपाल स्वयमसेबी रक्तदाता समाजका केन्द्रीय महासचिब एवम रुपन्देही जिल्ला शाखाका अध्यक्ष कृष्ण चौहान क्षेत्रीको प्रमुख आतिथ्यता, समुहकी उपाध्यक्ष/प्रमुख प्रशिक्षिका बिष्णुमाया श्रेष्ठको संयोजन एवम सचिब देबिराम पन्थिको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा ३ जना दृष्टिबिहिन सहित ७० युनिट रगत सङ्कलन भएको हो।

हरेक दिन बिहान बुटवलको लक्ष्मिनगर र दिपनगर सिद्धेश्वरी स्कुलको मैदानमा नि:शुल्क रुपमा नियमित वर्कआउट गर्दै आइरहेको सुनौलो बिहानी फुर्तिलो समुहले बेला बेलामा स्वास्थ्यको क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको र भबिष्यमा अन्य कार्यक्रमहरु पनि गर्ने समुहका सदस्य इश्वरी गौतमले जानकारी दिनुभयो ।<

 
 
  
 

You may also like