एच.डि.सिद्वारा सिस्ने स्वास्थ्य चौकीलाई अल्ट्रासाउण्ड मेशिन सहयोग

by समतल अनलाइन

रुकुम पूर्व । रुकुम पूर्वको सिस्ने स्वास्थ्य चौकीमा अल्ट्रासाउण्ड सेवा सञ्चालनमा आउने भएको छ । आज एक कार्यक्रमका बिच स्वास्थ्यको क्षेत्रमा सक्रिय संस्था फेयरमेड÷सर्वाङ्गिण विकास केन्द्र (एच.डि.सि) ले उक्त यू.एस.जी.मेसिन स्वास्थ्य चौकीमा सेवा प्रवाह हुनेगरी सिस्ने गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।

ग्रामीण क्षेत्रका गर्भवती महिलाहरूलाई स्वास्थ्य संस्थामा अल्ट्रासाउण्ड जाँचको सुविधा उपलब्ध गराई सुरक्षित मातृत्व सुनिश्चित गर्न, गर्भावस्थाको समयमा जोखिम पहिचान गर्न, गर्भावस्था सम्बन्धी समस्याहरूको पहिचान गरी समयमै उपचार गर्ने व्यवस्था गरेर मातृ तथा शिशु मृत्युदर घटाउन र स्वास्थ्य सेवाको गुणस्तर सुधार गरी विश्वासको वातावरण जागृत गराउने उद्देश्यले उक्त मेसिन उपलब्ध गराएको सर्वाङ्गिण विकास केन्द्रका परियोजना संयोजक उदय के.सीले जानकारी दिनुभयो ।
सो मेशिनको साथमा ब्याकअपको लागि यू.पि.एस र एक थान ब्याट्री गरी जम्मा रकम रु ५ लाख २१ हजार ४ सय ९५ रुपैयाँ बराबरको सामग्री हरुतान्तरण गरिएको हो ।

सर्वाङ्गिण विकास केन्द्र (एच.डि.सि) नेपाल का अध्यक्ष ई. संगित रेग्मी र परियोजना संयोजक उदय के. सीले सिस्ने गाउपालिका अध्यक्ष कृष्ण रेग्मीको विशेष उपस्थितिमा पालिकाका प्रमुख प्रशासकिय अधिकृत रेवत बुढाथोकी र स्वास्थ्य संयोजक सुरेन्द्र यादवलाई सिस्ने स्वास्थ्य चौकीबाट सेवा प्रवाह हुनेगरी उक्त मेसिन हस्तान्तरण गर्नुभएको हो ।

साही अवसरमा स्वास्थ्य तालिम केन्द्र लुम्बिनी प्रदेश बुटवलको आयोजना, स्वास्थ्य कार्यालय रुकुम पूर्वको संयोजन र फेयरमेड÷एच.डि.सि नेपालको आर्थिक सहयोगमा सिस्ने स्वास्थ्य चौकी र हुकाम स्वास्थ्य चौकीबाट १÷१ जना गरी दुई जना एस.बि.ए तालिम प्राप्त नर्सिङ स्टाफका लागि २१ दिने ग्रामीण प्रसूति अल्ट्रासाउण्ड सेवा (आर.ओ.यू.एस.जि) तालिमका लागि आम्दा अस्पताल झापामा पठाउन लागिएको संयोजक के.सी.ले जानकारी दिनुभयो ।

 
 
  
 

You may also like