गुल्मी दरबार गाउँपालिका गुल्मी र रक्त संचार सेवा केन्द्र बिच सम्झौता

बुटवल।गुल्मी गाउँपालिका गुल्मी र रक्त संचार सेवा केन्द्र बुटवल बिच सम्झौता भएको छ । गुल्मीका बासिन्दालाई निःशुल्क रगत उपलब्ध गराउने उद्धेश्यले गुल्मी दरबार गाउँपालिका गुल्मी र रक्त संचार सेवा केन्द्र बुटवल बिच सम्झौता भएको हो ।

सोमबार रक्त संचार केन्द्र बुटवलमा भएको सम्झौतामा दरबार गाउँपालिका गुल्मीका अध्यक्ष सरोज कुमार थापा र रक्त संचार सेवा केन्द्र रुपन्देहीका सभापति दिपक क्षेत्री न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । सम्झौता कार्यक्रममा गुल्मी दरबार गाउपालिका गुल्मीका अध्यक्ष सरोज कुमार थापाले गुल्मीका बासिन्दालाई निःशुल्क रगत उपलब्ध गराउने उद्धेश्यले रक्तदाता संग जस्तो पवित्र संस्था संग सहकार्य गर्न पाउदा आफू अति नै गौरवान्वित भएको बताउँदै समाज सेवाको कार्यमा सदैव साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले यस सम्झौताले दरबार गाउँपालिकाका जनसमुदायलाई ठूलो राहत मिल्ने पनि बताउनुभयो ।

त्यसैगरी रक्त संचार सेवा केन्द्र रुपन्देहीका सभापति दिपक क्षेत्री न्यौपानेले यस किसिमको सम्झौता गर्ने दरबार गाउँपालिका चौथो पालिका रहेको बताउनुभयो । उहाले यसअघि गुल्मीका तिन वटा गाउँपालिका संग निःशुल्क रंगत उपलब्ध गराउने उद्धेश्यले सम्झौता गरी सकिएको र आगामी दिनमा गुल्मीका सबै पालिका संग सहकार्य गर्ने बताउनुभयो । उहाँले दरबार गाउँपालिका बिरामीले आजबाटै निःशुल्क रगत प्राप्त गर्ने पनि बताउनुभयो । उहाँले गुल्मीको रुरु गाउँपालिका छत्रकोट गाउँपालिका र शान्तिपुर गाउँपालिका संग सम्झौता भएको बताउनुभयो ।

नेपाल नियमित रक्तदाता संघको समन्वयमा सम्पन्न सम्झौता कार्यक्रममा संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारी, केन्द्रिय कोषाध्यक्ष प्रेम सुनार (हुकम), केन्द्रिय सदस्य गंगा विश्वकर्मा, जिल्ला अध्यक्ष अषेश सिलवाल, जिल्ला उपाध्यक्ष भाष्कर शाही, नेपाल रेडक्रस सोसाइटी सिद्धार्थ नगर उपसमितिका सचिव राम प्रसाद सापकोटा, प्रेस सल्लाहकार राजेन्द्र जङ्ग रायमाझी लगायतको आथित्यता रहेको थियो ।
कार्यक्रमको सहजिकरण रक्त संचार सेवा केन्द्र बुटवलका बरिष्ठ प्राविधीक केशर गाहले गर्नुभएको थियो ।

त्यसैगरी आगामी जेष्ठ १२ गते रक्त संचार सेवा केन्द्र बुटवलमा नेपाल नियमित रक्तदाता सघ रुपन्देहीको १२ औं नियमित रक्तदान कार्यक्रमको आयोजना गरिने संघका जिल्ला अध्यक्ष अषेश सिलवालले जानकारी दिनुभयो । त्यसैगरी आजै नेपाल रक्तदाता संघ सैनामैना उपशाखाले पर्रोहा हेल्थपोष्ट मुर्गियामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

 
 
  
 

You may also like