रोटरी क्लब अफ बुटवलको स्वास्थ्य सचेतना कार्यक्रम

by समतल अनलाइन

बुटवल । मौसम परिवर्तनसंगै शहरमा उच्च ज्वरो, रुघाखोकीजस्ता फलुको संक्रमण देखिएको भन्दै यसबाट बच्न विशेषज्ञ चिकित्सकहरुले सुझाव दिएका छन । नेपालमा पछिल्लोसमय कडा प्रकारको फलुका कारण निको हुन धेरै समय लाग्ने हुदा समयमा नै विशेषज्ञ चिकित्सकबाट जाच गराउनुपर्ने उनिहरुको सुझाव छ ।

रोटरी क्लब अफ बुटवलको १५२७ औ नियमित बैठक तथा अन्तरक्रिया कार्यक्रममा आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा.बिनोद कुमार पराजुलीले अस्पतालमा बिरामीहरुको चाप धेरै रहेको बताए । सबैभन्दा बढी बालबालिका, दीर्घरोगी र जेष्ठ नागरिकहरुलाई जोखिम हुने उनिहरु बताउछन । विभिन्न समयमा रोगको संक्रमण देखिने गरेको भन्दै यसबारे नागरिकलाई सचेत गराउन जरुरी रहेको उनले बताए । ‘रोग लाग्नदिनुभन्दा रोकथाम जरुरी छ ।’–उनले भने । डेगुको संक्रमण बढ्न सक्ने भन्दै यसबारे स्थानिय सरकार र सरोकारवाला निकायहरु घरघरमा सचेतना कार्यक्रम गर्न जरुरी देखिएको उनले बताए । हाल एक सय बेडमा संचालनमा रहेको अस्पतालले वार्षिक ५० हजार बिरामीको सेवा दिदै आएको छ । अस्पताललाई २ सय बेडमा बिस्तार गरि मेडिकल कलेजका रुपमा संचालन गर्ने गरि डिपिआरको काम अघि बढेको छ ।

कार्यक्रममा क्लबका अध्यक्ष प्रज्वल थान्जुले २५ वर्षे ईतिहास बोकेको आम्दाको स्तरवृद्धि आजको आवश्यकता भएको बताए । बाल तथा महिला मृत्यु दर घटाउन अस्पतालको योगदान महत्वपूर्ण रहेको समेत उनले बताए ।

कार्यक्रममा क्लबका पूर्व अध्यक्ष आमोद सिमांगैडाले स्वास्थ्यको क्षेत्रमा क्लबबाट भएको गतिविधि बारे जानकारी दिदै आगामी दिनमा सहकार्यमा गरेर अघि बढ्न सकिने बताए ।

 
 
  
 

You may also like