आज (विहिवार) मेघगर्जनसहित वर्षा हुने

काठमाडौं, २३ साउन । मनसुनको न्यून चापिय रेखा औसत स्थान भन्दा केही उत्तर तर्फ (नेपाल तर्फ) सरेको छ, साथै पूर्वी र मध्य नेपालमा एउटाको असर पनि देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उक्त डिप डिप्रेशन हाल उत्तरी ओडिसा तटीय नजिकै उत्तर (पश्चिम बंगालको खाडीमा अवस्थित छ । मनसुनको न्यून चापिय रेखाको औसत स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ।

देशभर समग्र मौसमको अवस्थाः
हाल देशका अधिकांस स्थानहरुमा आंसिकदेखि सामान्य बदली रही पूर्वी भू–भागका थोरै स्थानहरुमा र पश्चिमको १/२ स्थानहरुमा हल्का वर्षा भइरहेको छ । देशको पूर्वी भू–भागका केही स्थानहरूमा मेघ गर्जन गराउने बादल सक्रिय छ।

श्रावण २३ गते (बिहिबार)
दिउँसोः देशका धेरैजसो स्थानहरुमा आंसिकदेखि सामान्य वदली रही पश्चिम र मध्यका केही स्थानहरुमा र पुर्वका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा संभावना रहेको छ।

रातीः देशका धेरैजसो स्थानहरुमा सामान्य वदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुनेछ। पश्चिमी भू-भागका एक(दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षा हुनसक्छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशको केही स्थानहरुमा मेघ गर्जन सहितको वर्षा हुने/चट्याङ्ग पर्ने सम्भावना रहेकोले सतर्क रहन आग्रह गरिन्छ । पश्चिम नेपालका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ, जसले गर्दा सडक यातायातमा पहिरो/भू–क्षयका कारण अवरोध आउन सक्छ। तसर्थ यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरिन्छ।

 
 
  
 

You may also like