पर्यटक बस र ट्रक ठोक्किँदा नौ घाइते

तनहुँ, २२ साउन । तनहुँको व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वीराजमार्गमा बस र ट्रक ठोक्किँदा नौ जना घाइते भएका छन् ।

काठमाडौँबाट दमौलीतर्फ आउँदै गरेको बा १ प ९१३ नम्बरको पर्यटक बस र विपरीत दिशाबाट गुडिरहेको ना ६ ख ५८६५ नम्बरको ट्रक एकापसमा ठोक्किँदा सो दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परी घाइते भएकाको दमौलीस्थित रत्नहरि मेमो*रियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते भएका सबै जना खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

त्यसैगरी तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकस्थित मस्र्याङ्दी बाधमा नदीमा आज एक महिला मृतावस्थामा फेला परेकी छिन् ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएअनुसार मृत्यु हुनेमा गोरखा पालुङ्टार नगरपालिका–३ निवासी ५२ वर्षीया फूलमाया सार्की रहेकी छिन् ।

मङ्गलबार बिहान करीब ८ बजे घरबाट निस्केकी फूलमाया आज दिउँसो मस्र्याङ्दी नदी ड्याममा तैरिरहेको अवस्थामा देखेपछि प्रहरीले लामो समया लगाएर शव बाहिर निकालेको थियो ।

शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ । ती महिलाले आत्महत्या गरेकी हुन् वा नदीले बगाएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like