प्रहरी निरीक्षक घुससहित रङ्गेहात पक्राउ

by समतल अनलाइन

जनकपुर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुरबाट नेपाल प्रहरीका एक प्रहरी निरीक्षकलाई ९० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी निरीक्षक रामकिशोर साहलाई आयोगको बर्दिबासबाट खटिएको टोलीले शुक्रबार रङ्गेहात पक्राउ गरेको हो ।

दिउँसो सवा ३ बजे जनकपुरको रामानन्दचोकस्थित सीता प्यालेस होटेलबाट उनलाई घुससहित पक्राउ गरिएको आयोगले जनाएको छ । ठगी मुद्दामा सहयोग गरिदिने भन्दै उनले ९० हजार रुपैयाँ घुस लिएका अख्तियारले जनाएको छ । नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like